उपेन्द्र यादवले न सरकार छाडे, न मन्त्रालय पुगे



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्ली भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुर्नगठन र हेरफेर गरे । आफुसँग सल्लाह नै नगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी खोसिएपछि यादवले सरकार छाड्ने आशंका पनि गरियो । तर शनिवार बसेको समाजबादी पार्टीको बैठकले सरकार नछाड्ने निर्णय गरेर आशंकालाई अन्त्य गरिदिएको छ ।

सरकार नछाड्ने निर्णय गरेपनि उपप्रधानमन्त्री यादव आफ्नो नयाँ मन्त्रालय पुगेका छैनन् । काननु, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पदभार ग्रहण नगरी राजधानी बाहिर हिडेका छन् । न सरकार छाडेका छन् न नयाँ मन्त्रालय पुगेका छन् । बिलखबन्दमा परेका यादव आइतवार पोखरातर्फ लागेका छन् ।

संघिय सामाजबादीले सरकार नछोड्ने निर्णय गरेपछि काननु, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका कर्मचारी स्वागतका लागि तयारीमा थिए । यादवको नाम प्लेट पनि शुक्रवारसम्म बनाइएको थिएन । कागजमा लेखेर राखिएको थियो । सरकार नछोड्ने निर्णय गरेपछि सार्वजनिक विदाको दिन आइतवार यादवको नेम पिलेट बनाइएको मन्त्रालय स्रोतले बताएको छ ।

यादवले नयाँ मन्त्रालयको जिम्मेवारी लिँदा सपथ खानु पर्दैन । तर मन्त्रालयको पदभार ग्रहण भने गर्नुपर्दछ । चार दिनअघि नेपाल आएका यादव सिंहदरवार पसेका पनि छैनन् । मन्त्रालय सारिएकोमा उनी दुखि छन् । सरकार छाड्दा गौर हत्याकाण्ड बल्झिने आशंकामा छन् ।
प्रधानमन्त्री ओलीसँग सम्वाद गरेपछि मात्र पदभार ग्रहण गर्ने पक्षमा यादव पुगेका छन् ।

प्रधानमन्त्रीसँग सम्वाद गर्न नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन भइसकेको छ । ‘प्रधानमन्त्रीसँगको सम्वादपछि मात्र उहाँले पदभार ग्रहण गर्नुहुनेछ’ उनी निकट समाजबादीका महासचिव रामसहाय प्रसाद यादवले भने ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...