गगनले भने श्री ६ विद्या भण्डारी, श्री ५ ओली र श्री ३ प्रचण्ड की जय



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारुढ नेकपाको कटाक्ष गरेका छन् । कास्की २ मा मंसिर १४ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन प्रचार अभियानका क्रममा सिमलचौरमा भएको सभालाई सम्बोधन गर्न पुगेका थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ को संज्ञा दिएका थिए ।

त्यसैगरी नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई क्रमश श्री ५ र श्री ३ को संज्ञा दिए ।

‘यो सरकारले श्री ६ विद्या भण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय भन्नेहरुलाई देश लुट्ने, जनता ठग्ने बाटो खुल्ला गरी कानुन ल्याउन लागेको छ,’ उनले भने, ‘यसको लागि सरकारलाई खबरदारी गराउन उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुस्। ताकी उनीहरुले चेत्नुपर्छ।’ सरकार पूर्वराजा ज्ञानेन्द्रले भन्दा पनि बढि निरंकुशता लाद्न अग्रसर भएको नेता थापाले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...