देउवाले भने शाही आयोग हो कि अख्तियार



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’

स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने उनको तर्क छ । तर नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, त्यो सम्भावना गयो ।’

अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...