मन्त्री भट्टले भने उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु



हाम्रो इकोनोमि

 

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’

सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।’

कैलाली घर भएका भट्ट डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...