गोकर्ण र लालबाबु कसरी असफल मन्त्री बने



हाम्रो इकोनोमि

 

तत्कालिन एमालेमा गोकर्ण बिष्ट र लालबाबु पण्डित मन्त्री बनेपछि चर्चित र सफल बनेका थिए । तर वर्तमान नेकपाको सरकारमा उनीहरुलाई असफलताको ट्याग लागेको छ ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिष्ट उर्जामन्त्री थिए । उनले उर्जामन्त्रालय र बिद्युत प्राधिकरणलाई सिस्टममा मात्र ल्याएनन्, लोड्सेडिड पनि घटाएका थिए । तत्कालितरुपमा उनले गरेको काम निकै चर्चामा आएको थियो । बिष्टकै कारण खनाल सरकार सफल भएको दावी पनि गरिएको थियो ।

त्यसपछि बिष्ट केपी ओली नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने । मन्त्री बिष्टले मलेसिया र दुवईसँग नयाँ श्रम सम्झौता गरेर नेपाली कामदारलाई शून्य लागतमा पठाउने ब्यवस्था गरे । कामदारका नाममा ठगी धन्दालाई बन्द गराए । तर लामो समयदेखि नेपालीहरुको पहिलो रोजगार गन्तब्य मलेसिया बन्द हुँदा केही आलोचना पनि भयो ।

बिष्टले बैदेशिक रोजगारीमा हुने ठगी धन्दालाई अन्त्यमात्र गरेनन्, सामाजिक सुरक्षा कार्यक्रम पनि लागू गराएउ । तामझामका साथ शुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रम आंशिकरुपमा लागू भएपनि पूर्णरुपमा भने लागु हुन सकेको छैन । अन्यमन्त्री भन्दा उनले सक्रियतापूर्वक राम्रो काम गरेकै थिए । तर प्रधानमन्त्री केपी ओलीको नजरमा उनी असफल मन्त्री बनेका छन् ।

त्यसैगरी डिवीधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका लालबाबु पण्डित ओली सरकारमा पनि संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री बने । पण्डितले सामान्य प्रशासन मन्त्रालय समाल्दा परिस्थिति असमान्य थियो । कर्मचारीलाई समायोजनमा पठाउन निकै चुनौति थियो ।

उनले ४४ हजार कर्मचारीलाई समायोजनमा पठाए । कर्मचारीलाई सजाय र पुरस्कारको ब्यवस्था गरी ठुलो समस्या सामधान पनि गरे । तर सिंहदरवारमा बर्षाैदेखि राज गरेका कर्मचारीका लागि भने उनी टाउको दुखाईको बनेका थिए । प्रधानमन्त्री ओलीले उनलाई पनि सफल मन्त्री मानेनन् र पण्डित दण्डित बने ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...