सिंहदरबारका मन्त्रीहरुको भागाभाग



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि मन्त्रीहरुले मन्त्रिपरिषद पुनर्गठन हुँदैछ भन्ने औपचारिक जानकारी पाए । तर कुनकुन मन्त्री हट्दैछन् भन्ने न प्रधानन्त्रीले जानकारी दिएका छन्, न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले । त्यसैले मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएको दिन सिंहदरबारमा एक प्रकारको सन्नाटा छाएको छ ।

अधिकांश मन्त्री कार्यालय गएका छैनन् । सचिवालयका कर्मचारी पनि अनुपस्थित छन् । कुनै मन्त्रीको कार्यकक्षमा त मर्मत सम्भार चलिरहेको पनि देखियो ।

बुधबार मध्याहृन सिंहदरबार पुग्दा उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, युवा तथा खेलकुद र खानेपानी मन्त्रालयमा मन्त्रीहरु थिएनन् । निजी सचिवालयका कर्मचारी पनि देखिएनन् ।

 

करिब एघार बजेतिर कृषि मन्त्रालयमा पुग्दा मन्त्री चक्रपाणि खनालको कार्यकक्ष खाली थियो । सचिवालयको कार्यकक्षमा पनि कोही कर्मचारी देखिएनन् । मन्त्रालयका एक कर्मचारीले भने, ‘उहाँ विदा हुने लगभग निश्चित छ, त्यही भएर नआउनु भएको होला ।’

उनको सचिवालयका एक सदस्यले भने मन्त्री खनाल बुटवल गएको र काठमाडौं आउँदै गरेको बताए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको कार्यकक्ष पनि खाली छ । प्रमुख स्वकीय सचिव सुशील विकले मन्त्री विश्वकर्मा विदा हुनेबारे आफूलाई जानकारी नभएको, तर उनी मन्त्रालयमा नआएको जानकारी दिए ।

तर रोचक के भने मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा मर्मत सम्भार सुरु भइसकेछ । केही व्यक्तिहरु फर्निचर फेर्ने, मिलाउने काममा व्यस्त देखिन्थे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि कार्यकक्षमा छैनन् । सचिवालयका अन्य कर्मचारी पनि छैनन् । मन्त्री यादव बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठकमासमेत उपस्थित भएनन्, जसका कारण बैठक स्थगित गर्नुपरेको छ ।

खानेपानीमन्त्री बिना मगर पनि मन्त्रालयमा देखिइनन् । उनको स्वकीय सचिव विजयदेव भट्टराई भने कार्यकक्षमा थिए । भट्टराईले मन्त्री मगर क्वार्टरमै रहेको र मन्त्रालयमा नआएको जानकारी दिए ।

उद्योग मन्त्री मातृका यादव पनि कार्यकक्षमा छैनन् । उनको निजी र स्वकीय सचिवालयका कर्मचारी पनि कार्यकक्षमा देखिएनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भने विहानैदेखि मन्त्रालयमा छन् ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...