उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो,



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा पनि तरंग आएको छ ।

भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो । यसाबारे उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मुख खोलेका छन् ।

मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘जुन कुरा नेपालले भनेको छ, त्यो चिन्ताजनक छ । ९कालापानी० भारतको हिस्सा हो र भारतकै रहन्छ ।’

यद्यपि उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले कुनै विवाद भए वार्ता र सम्वादमार्फत हल गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर सोधिएको प्रश्नमा उनले ‘यस्तो किसिमले कुरा गर्ने नेपालको कार्य संस्कृति नभएको’ बताएका छन् ।

भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...