उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो,



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा पनि तरंग आएको छ ।

भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो । यसाबारे उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मुख खोलेका छन् ।

मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘जुन कुरा नेपालले भनेको छ, त्यो चिन्ताजनक छ । ९कालापानी० भारतको हिस्सा हो र भारतकै रहन्छ ।’

यद्यपि उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले कुनै विवाद भए वार्ता र सम्वादमार्फत हल गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर सोधिएको प्रश्नमा उनले ‘यस्तो किसिमले कुरा गर्ने नेपालको कार्य संस्कृति नभएको’ बताएका छन् ।

भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...