काँग्रेसले गर्‍यो सरकारमाथि चर्को आलोचना



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ ।

‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए ।

यस्तै संविधान प्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमै असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...