मन्त्रिपरिषद हेरफेर मेरो काम हैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको छ ।

प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीकेा क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।

मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो । यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...