पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा



हाम्रो इकोनोमि

 

पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउँछ ।

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ ।

पसिना गनाउँदा साथीभाइसँग निकै असहज हुन्छ । पसिना गनाउने नगनाउने भन्ने कुरा गर्मी समय र पसिनाको मात्रामा भरपर्दैन । पसिना आफैमा बास्नाहीन र गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लिएर बनेर बस्छ र त्यो पसिनामा किटाणु भयो भने पसिना गनाउने हो । तर पसिना गनाउनेमा कुनै समय र सिजनमा अथवा पसिनाको मात्रासँग भरपर्दैन । व्यक्तिको पसिना आएको ठाउँमा पसिनाको मात्रा कति छ र किटाणु कति पलाएको छ भन्ने कुरामा मात्रै भरपर्छ ।

तपाईंलाई पसिना गन्हाउने समस्या छ भने आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि ब्रो-काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो हुन्छ ।

जाँड-रक्सि खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ ।

चुइंगम चपाउँदा पनि यो समस्या उत्पन्न हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...