पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा



हाम्रो इकोनोमि

 

पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै पसिना आउँछ अनि गनाएर उनीहरूको नजिकै बस्न पनि सकिँदैन । उनीहरूलाई लाजमर्दो स्थिति आउँछ । अनेक सेन्ट र पर्फ्युम लगाएपनि उनीहरूको पसिना गनाउँछ ।

शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ ।

पसिना गनाउँदा साथीभाइसँग निकै असहज हुन्छ । पसिना गनाउने नगनाउने भन्ने कुरा गर्मी समय र पसिनाको मात्रामा भरपर्दैन । पसिना आफैमा बास्नाहीन र गन्धरहित हुन्छ । पसिना जब निस्कन्छ तब हाम्रो छालाको सतहमा लिएर बनेर बस्छ र त्यो पसिनामा किटाणु भयो भने पसिना गनाउने हो । तर पसिना गनाउनेमा कुनै समय र सिजनमा अथवा पसिनाको मात्रासँग भरपर्दैन । व्यक्तिको पसिना आएको ठाउँमा पसिनाको मात्रा कति छ र किटाणु कति पलाएको छ भन्ने कुरामा मात्रै भरपर्छ ।

तपाईंलाई पसिना गन्हाउने समस्या छ भने आफ्नो खानपिनमा विशेष ध्यान दिनुहोला ।

तपाईंको खानामा सल्फरको मात्रा धेरै छ भने यो समस्या आइलाग्छ । लसून प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । अनि ब्रो-काउली, बन्दा र काउली पनि कमै खाएको राम्रो हुन्छ ।

जाँड-रक्सि खानुहुन्छ भने पसिना गनाउने यो पनि एक कारण हुन सक्छ ।

चुइंगम चपाउँदा पनि यो समस्या उत्पन्न हुन्छ । यसमा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसले दाँत र जिभ्रोमा एउटा पत्र बनाउँछ जसका कारण त्यहाँ ब्याक्टेरिया उत्पन्न हुन्छन् र मुख गनाउन थाल्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...