उपप्रधानमन्त्री यादव भारत भ्रमणमा



हाम्रो इकोनोमि

 

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् ।

पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् ।

मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने भएकाले उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको हो ।

यादव यतिबेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई नै दिएको छ । पदाधिकारी बैठकमा यसबारे छलफल हुनुअघि यादव दिल्ली जान लागेका हुन् ।

यस अतिरिक्त राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकता प्रक्रियाबारे पनि पार्टीभित्र अन्योल कायम छ । पार्टीका केही नेता तत्काल राजपा नेपालसँग एकता प्रक्रिया अघि बढाउनु पर्ने पक्षमा छन् भने केही नेता एकताका लागि हतारिन नहुने तर्क गरिरहेका छन् ।

राजपा नेपालले भने सरकारबाट फिर्ता भएर आएमा मात्र समाजवादी पार्टीसँग एकता प्रक्रियाका लागि छलफल गर्ने प्राथमिक सर्त अघि सारेको छ ।
समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समिति बैठकले संविधान संशोधनको एजेण्डालाई सार्थक रुपमा अघि सार्ने निर्णय गरिसकेको छ ।

संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले असन्तुष्टि जाहेर गरेको थियो । मधेसवादी दलहरुले समेत संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए भने उनीहरुकै आन्दोलनको आधारमा भारतले अघोषित नाकाबन्दीसमेत गरेको थियो ।

यतिबेला सीमा विवादका कारण प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग भारतको सम्बन्ध चिसिन थालेको बताइन्छ । सोही समयमा सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गर्ने सत्ता साझेदार दलका नेतासमेत रहेका यादवको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...