श्रमिकको सुखद भविष्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट



हाम्रो इकोनोमि

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उहाँले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पार्नुभयो ।

“नेपालमा सरकारी सेवामा मात्र निवृत्तिभरण प्राप्त गर्ने अवस्था छ”, मन्त्री विष्टले भन्नुभयो, “अब निजी क्षेत्रका कामदारले पनि वृद्धावस्थामा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।”

कोषमा आबद्ध भएपछि दुर्घटनामा परेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेको जानकारी दिँदै उहाँले अब श्रमिकको परिवारको अनिश्चित भविश्यको अन्त्य भएको बताउनुभयो ।

संविधानले नै प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराएको अवस्थामा सबै श्रमिक सामाजिक सुरक्षामा सहभागी हुुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।

सामाजिक सुरक्षा योजना सरकारको मात्र नभएर आमश्रमिक, जनता र देशकै साझा अभियान भएको उल्लेख गर्दै मन्त्री विष्टले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

“सबै श्रमिक योजनामा सहभागी हुनुपर्छ, यो आम श्रमिकको हितमा छ”, योजनाको महत्व बुझाउँदै मन्त्री विष्टले भन्नुभयो, “अब यो योजना जनताको हितमा छ भनेर अभियान चाल्नु आवश्यक छ ।”

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनामा सहभागिताबाट योगदानकर्ताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराउनुभएको थियो । कोषमा हालसम्म करीब १० हजार प्रतिष्ठान र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् ।

झण्डै रु १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । कोषमा योगदान शुरु गरेर मृत्यु भएका दुई श्रमिकको परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेका छन् । आगामी मङ्सिर १४ गतेसम्म कोषमा सूचीकृत हुने समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...