विद्यार्थी र एसएसबीबीच झडप, अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा



हाम्रो इकोनोमि

 

भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी)बीच सन्दकपुरमा शनिबार झडप भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को अगुवाइमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको थियो ।

अनेरास्ववियु नेता दिनेश ढकालले सन्दकपुरको दसगजामा एसएसबीले प्रवेश गर्न रोक लगाएपछि तनाव सिर्जना भएको बताए । ‘विद्यार्थीको कार्यक्रम शान्तिपूर्ण थियो तर एसएसबीले सन्दकपुरको भ्यु–टावर प्रवेश गर्न नदिएपछि झडप भएको हो,’ उनले भने, ‘एसएसबीले भ्यु टावर प्रवेश नदिने गरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर Ïयाँकिदिएका छन् ।’ विद्यार्थीले त्यहाँ नेपालको झन्डासमेत गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झन्डा फहराएको हो । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा पुगेर युवा तथा विद्यार्थीले सीमा क्षेत्र व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् । विभिन्न प्लेकार्डसहित सूर्योदय नगरपालिकाको फिक्कल हुँदै पशुपतिनगर पुगेका विद्यार्थीले छमेकी देशहरूसँग कूटनीतिक पहल गरी सीमाको व्यवस्थापन र आफ्नो देशको भू–भाग सुरक्षा गर्न सरकारसँग आग्रह गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

नारा लगाउँदै सन्दकपुर भ्यु–टावर छेउ पुगेपछि एसएसबीले अवरोध गरेको तर विद्यार्थीले अवरोध हटाएर भ्यु–टावरमा राष्ट्रिय झन्डा फहराएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रवेश पराजुलीले बताए । भारतले हालै कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमि आÏनो पक्षमा रहेको नक्सा सार्वजनिक गरेपछि इलामका विद्यार्थी नेपाली भूमि फर्काउने दबाबस्वरूप आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले गत बिहीबार सीमावर्ती क्षेत्र पशुपतिनगरमा पनि सीमा रक्षाका लागि नारा–जुलुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...