प्रधानमन्त्री बाहेक सबै मन्त्री फेरिन्छन् : बामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपाका प्रस्तावित उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले सबै मन्त्रीहरु एकैपटक फेरिने बताएका छन् । प्रधानमन्त्री बाहेक अन्य सबै मन्त्रीहरु फेरिने गौतमले खुलासा गरेका छन् ।
मन्त्री परिषद पुर्नगठनको सोचमा प्रधानमन्त्री रहेको आफुले देखेको र यस विषयमा प्रधानमन्त्रीसँग जिज्ञासा पनि राखेको गौतमले बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोधेको थिए, के मन्त्रीपरिषद पुर्नगठन गर्न लाग्नुभएको हो ? उहाँले अब गर्ने बेला आएको बताउनुभयो, उहाँले पूर्नगठन गर्नुहुन्छ,’ गौतमले भने । पुर्नगठनमा कोही कसैको राजीनामा नमागिने बताउँदै गौतमले पुर्नगठन भन्ने बित्तिकै अहिले रहेका प्रधानमन्त्री बाहेक सवै मन्त्री नरहने र नयाँ मन्त्रीहरु नियुक्ति हुने गौतमले वताए ।

‘पुर्नगठन गर्न खोज्नुभएको की, एक दुई जना मन्त्री मात्र फेर्न खोज्नु भएको भनेर प्रधानमन्त्रीलाई मैले सोधेको थिए,’ गौतमले भने,–‘उहाँले पुर्नगठन भन्नुभएको छ, त्यसो हुँदा अहिले रहेका सबै मन्त्री जान्छन्, प्रधानमन्त्री बाहेक नयाँ मन्त्री आउँछन् । पुर्नगठनको अर्थ नै त्यही हो ।’ ओलीले गौतम स्वंमलाई राष्टिय सभा सदस्यका रुपमा संसदमा ल्याएर उप प्रधानमन्त्री बनाउन चाहिरहेका छन् । उनले गौतमलाई राष्ट्रिय सभामा ल्याउने र आफु उपचार भ्रमणमा निस्कदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिने तयारी पनि गरेका छन् । ओलीले त्यस्तो प्रस्ताव गौतमलाई गरिसकेको श्रोत बताउँछ । राष्ट्रिय सभामा आउने माघमा केही सदस्य रिक्त हुदैछ । त्यही क्रममा गौतमलाई ल्याउने ओलीको चाहना देखिएको छ ।
प्रधानमन्त्रीले मन्त्रीपरिषद पुर्नगठनका विषयमा पार्टी नेताहरुका बीचमा छलफल चलाईरहदा दुई विकल्पमा छलफल चलेको बताए । पहिलो सबै मन्त्री फेर्ने र दोश्रो कम्तीमा ६ देखि ८ जना मात्र मन्त्री फेर्ने तयारीमा प्रधानमन्त्री रहेको वताइदै आएको थियो । तर गौतमले पुर्नगठन भन्ने बित्तिकै प्रधानमन्त्री बाहेक सबै मन्त्री फेरिने खुलासा गरेपछि राजनीतिक वृतमा नयाँ तरंग सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...