सावधान ! गुगलमा बिर्सेर पनि नखोज्नुस यी १० कुरा
पछिल्लो समयमा हरेक कुराको जानकारीका लागि इन्टरनेट साइट गुगलको प्रयोग गर्ने कुरा सामान्य बनेको छ । कतिपय अति सवेदनशील विषयदेखि आवश्यक पर्ने साना साना कुरा समेत चाहिएमा गुगलमा टाइप गर्ने गरिन्छ ।
तर गुगलमा पाइने सबै जानकारी हाम्रा लागि सही प्रामाणिक नै हुन्छन् भन्ने हुँदैन । गुगल त खासगरी एउटा माध्यम मात्रै हो । यसले हामीले चाहेको सूचना अनुसार सम्बन्धित साइटसम्म प्रयोगकर्तालाई पुर्याउने काम मात्रै गर्दछ ।
त्यसैले गुगलमा खोज्ने कुरामा विशेष सावधानी अपनाउनुपर्ने र साँच्चिकै आधिकारिक जानकारी हो कि होइन भन्ने कुरा बुझ्नु जरुरी छ । एउटै विषयमा हजारौं साइटमा सूचना हुनसक्छन् ।
त्यसैले यहाँ केही १० वटा कुरा दिइएका छन् । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविद्हरुले सुझाव दिएका छन् ।
१. अनलाईन बैंकिङ वेवसाइट
यदि तपाई आफ्नो बैंकको वेवसाईट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइएको छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु)ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छ । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइप गर्छन् र धोकाधडीको शिकार बन्ने गर्दछन् ।


