देउवाले ओलीलाई भने मोदीसँग डराएको हो



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।  कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिलेशीय विन्दु भएको समेत बताए ।

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताए । यसबारे आफूले भारतमा समेत बोलेको उनले सुनाए ।

तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उनले बताए । देउवाले अघि भने, ‘सरकारले किन गरिरहेको छैन ? राष्ट्रवादी भनिने ओलीले किन गरिरहेको छैन ? किन बोल्दैनन् ओली ?’ सरकार लम्पसरावादी भएको उनको आरोप छ ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए ।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको भन्दै उनले भने, ‘अस्ति सार्वदलीय बैठकमा पनि प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’

सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिक स्तरमा सम्वाद गर्नुपर्ने बताए । नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...