कालापानी भारतले सीमा मिचेको हो, राजा महेन्द्रले बेचेका होइनन्–परराष्ट्रमन्त्री



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादलाई लिएर कसैको आलोचना नगर्न आग्रह गरेका छन् । केही समययता सामाजिक सञ्जालमा तत्कालिन राजा महेन्द्र र प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले कालापानी बेचेको भ्रमपूर्ण प्रचार गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले कुनै ब्यक्तिप्रति आरोप नलगाउन आग्रह गरेका छन् ।

देश बेच्ने अधिकार न राजालाई थियो न प्रधानमन्त्रीलाई । कसैलाई मिथ्या आरोप लगाउनु राम्रो होइन’ ज्ञवालीले भने ‘राजा महेन्द्रले कालापानी बेचेका होइनन् भारतले सीमा मिचेको हो ।’ सीमा मिचिएका बिषयमा स्पष्टरुपमा बोल्दै र कुटनीतिक सम्बन्ध राख्दै आएका ज्ञवाली तथ्य प्रमाणका आधारमा भारतसँग कुरा गर्ने बताए ।

कान्तिपुर टेलिभिजनको फायरसाइडमा बोल्दै ज्ञवालीले देशका तर्फबाट स्पष्ट अडान राखेका छन् । भारतीय पक्षसँग सीमा विवादका बिषयका कुरा अघि बढीसकेको बताए । झण्डै ७ दशक यता भारतले नेपालका दर्जनौ स्थानमा सीमा मिचिरहेको छ । तरपनि कुनै सरकारले यति स्पष्टसँग आफ्नो कुरा राखेका थिएनन् । मन्त्री ज्ञवालीले आफ्नो भूमि फिर्ता ल्याउन तथ्य प्रमाण जुटाइरहेको बताए ।

भारतले पछिल्लो समय निकालेको आफ्नो नयाँ राजनीतिक नक्सामा लिपुलेक, लिम्पियधुरा भारतमा राखेको छ । त्यसपछि उत्पन्न विवादले नेपाली समाज फेरी एकपटक तातिएको छ । सरकाले पनि ७ दशक लामो समस्या सामधानका लागि राष्ट्रिय सहमति जुटाएको छ ।

पञ्चायतकालदेखि निरन्तररुपमा नेपालका सीमाहरु मिचिदै गएका छन् । तरपनि कुनै सरकारले बोल्ने आँट गरेका थिएनन् । तर मन्त्री ज्ञवालीले स्पष्टरुपमा आफ्नो धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...