को को छन मंसिरको पहिलो हप्तामा थपिने नयाँ मन्त्रीहरु, हेर्नुहोस नामसहित



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हिजो (सोमबार) बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुर्नगठन गर्ने अधिकारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वविवेकीय अधिकार भएको भन्दै प्रधानमन्त्री ओलीलाई नै यसको जिम्मा दिएको छ । यससँगै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको आन्तरिक तयारीलाई निष्कर्षमा पुर्याउने गरि तीव्रता दिएको बताइन्छ ।

आफ्नो सचिवालय टिमलाई सामूहिक राजीनामा दिएर मन्त्रीमण्डलका सदस्यहरुलाई पनि सन्देश प्रवाह गरेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुबाट पनि सामूहिक राजीनामाको अपेक्षा गरेको बालुवाटार स्रोतले बताएको छ । वाहालवाला मन्त्रीहरुसँग पनि छुट्टाछुट्टै सम्वाद शुरु गरेका ओलीले सम्भावित मन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता अघि बढाएका छन् ।

धेरै जसो मन्त्रीहरुलाई बिदाई गर्ने सोचमा रहेका प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई पार्टी कामको जिम्मेदारी थप्दै पार्टीमा फर्काउने कि सरकारमै राख्ने भन्ने विषयमा पनि छलफल अगाडी बढाएका छन् ।

यदि पोखरेललाई पार्टी काममा फर्काएमा पार्टी महासचिव विष्णु पौडेललाई सरकारमा इन्ट्रि गराउने छलफल पनि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग चलाएको बताइन्छ । मन्त्रीमण्डल पुर्नगठनको तयारीसँगै नयाँ अनुहारहरुको चर्चा पनि शुरु भएको छ । प्रधानमन्त्री ओलीले मंसिरको पहिलो हप्तामै मन्त्रीमण्डल पुर्नगठनको तयारी गरिरहेका बेला विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् ।

अहिले सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, पम्फा भुषाल, अग्नी सापकोटा, प्रभु साह, देव गुरुङ, महेश बस्नेको नाम चर्चामा छ । त्यस्तै गरी उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, नारदमुनि राना र हृदयश त्रिपाठीको नाम पनि चर्चामा रहेको नेपालटपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...