कतै यसकारण त टुट्दैछैन तपाईंको सम्बन्ध ?



हाम्रो इकोनोमि

 

भनिन्छ सम्बन्ध जोड्नुभन्दा त्यसलाई टिकाइराख्न निकै मुश्किल हुन्छ । पछिल्लो समय सम्बन्धलाई टिकाइराख्न पनि निकै कठिन हुँदै गएको छ । धेरै सम्बन्धहरु व्यस्त जीवनशैलीका कारण पनि टुट्ने गरेका छन् ।

अक्सर व्यस्तताका कारण पनि सम्बन्ध टुट्ने गरेका पाइन्छ । यसैगरी, सम्बन्धमा रहेका मानिसहरु एक अर्काभन्दा दोस्रो व्यक्तिसँग घुलमिल हुँदा पनि सम्बन्धमा चिसोपना आउँन थाल्छ ।

सम्बन्धमा चिसोपना आउनुले दुवैजनाको जीन्दगीमा निकै असर पर्ने गर्छ । तर, सम्बन्ध गाँसिएपछि टुट्न नदिन के गर्नुपर्छ भन्ने कुराहरुमा ध्यान दिनुपर्छ ।

व्यस्तता
व्यस्त रहनु तपाईंको सौख हो भने त्यसको असर प्रत्यक्ष रुपमा सम्बन्धमा पर्छ । आफ्नो कामलाई प्राथमिकता दिने तर सम्बन्धलाई धेरै ख्याल नगर्दा सम्बन्ध टुट्न सक्छ ।

नयाँ ठाउँ
नयाँ ठाउँमा आफ्नो पार्टनरलाई या नगर्नु पनि सम्बन्ध टुट्ने कारण हुनसक्छ । नयाँ ठाउँ घुम्दा आफ्नो नजिकको मान्छे र परिवारलाई भुल्ने बानीले पनि सम्बन्धमा दरार पैदा गर्न सक्छ ।

अनलाइन हुँदा पनि वेवास्ता गर्नु
इन्टरनेटको पहुँचमा भएको समयमा पनि आफ्नो पार्टनरलाई समय दिनुहुँदैन भने त्यसले सम्बन्धमा नराम्रो असर पार्न सक्छ ।

प्रतिक्रिया जनाउनु जरुरी
यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र एक अर्काको कुरामा प्रतिक्रिया जनाउनु हुँदैन भने तपाईंको सम्बन्धमा चिसोपना आउँन थाल्छ ।

फैसलाको कदर
एक अर्काको फैसलाको कदर नगर्ने र मनोमानी गर्ने बानीले सम्बन्धलाई कहिल्यै उचाई दिँदैन । एक अर्काको भावनाको कदर गर्दै अगाडि नबढ्दा सम्बन्धमा चिसोपना आउँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...