अरूसँगै प्रेममा रहेका काजोल र अजयको यसरी परेको थियो ‘लभ’



 

छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले यस वर्ष दुई दशक टेक्दैछ।

त्यसैले उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ। उनीहरूबिचको प्रेम पहिलो नजरको प्रेम थिएन। पहिलो पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो। समयले उनीहरूको प्रेम छुटायो र उनीहरू नजिक बने।

उनीहरूहरू बिच पहिले भेट सन् १९९५ मा ‘हलचल’ सिनेमाको सेटमा भएको थियो। त्यो भेट खासै फलदायी भएन। उनीहरूले साथमा काम गरे। त्यतिबेला उनीहरूबिच एकअर्कालाई जोड्ने तार दुबैले भेटेनन्।

दुबैको स्वभाव फरक-फरक थियो। दुबैको स्वभाव हेर्दा कुनै दिन यी दुबै प्रेममा हुनेछन् र बिबाह पनि गर्नेछन् भनेर कसैले सोचेका थिएनन्। अरूको त कुरै छोडौं स्वयं अजय र काजोलले पनि सोचेका थिएनन्।

कारण काजोल ‘हा हो गर्ने, घमण्डी र एकदमै बोलीरहने व्यक्ति’ थिइन्। काजोलको यो बानीले अजयलाई काजोल फेरी भेटनुपर्ने मान्छे जस्तो लागेन। अजयका बारेमा काजोलको सोचाइ पनि करिबकरिब त्यस्तै थियो। काजोलको नजरमा अजय ‘अर्कै र गवाँर’ किसिमका थिए। अजयमा उनले कुनै त्यस्तो आकर्षण भेटिनन्।

त्यतिबेला त्यस्तो मरिहत्ते गर्ने कुनै कारण नभेटे पनि काजोललाई सिनेमाको एक दृश्य गर्दा भने अजयले कुनै दिन उनको जीवनमा महत्वपूर्ण भूमिका निभाउनेछन् भन्नेचाँहि हल्का महशुस गरेकी थिइन्।

हामीले त्यसपछि अर्को दुई वर्ष एकअर्कासँग समय बिताएनौं किनकी मेरो आफ्नै व्वाईफ्रेण्ड थियो भने उसको पनि गर्लफ्रेण्ड थिइन्। हामी साथी मात्र थियौं। दुई वर्षपछि हामी दुबैको ब्रेकअप भयो। त्यसपछि मात्र हामीले एकअर्कालाई भेट्न थाल्यौं’, एक अन्तरवार्तामा काजोलले बताएकी थिइन्।

काजोलका अनुसार अजय उनको जीवनमा ‘स्थिर र घनिभूत’ व्यक्तिका रूपमा आए र यही कुराले उनी अजयतर्फ आकर्षित भएकी थिइन्।भेटघाटको सुरूसुरूमा काजोल अजयसँग आफ्नो सम्बन्धका समस्याका बारेमा कुरा गर्थिन र अजयसँग के गर्ने भनेर सल्लाह लिन्थिन्।

‘कुराकानीबाट सुरू भएको सम्बन्ध पछि मित्रतामा परिणत भयो र त्यो मित्रता भन्दा अझ माथि पुग्‍यो। यसैगरी हाम्रो प्रेम सुरू भयो।’, काजोलले आफू र अजयबिच कसरी प्रेम अंकुरायो भन्ने बारेमा खुलासा गरेकी थिइन्।

त्यसपछि उनीहरूको प्रेम झ्याँगिदै गयो र फरवरी २४, सन् १९९९ मा उनीहरूले त्यसलाई विवाहको रूप दिए। उनीहरूले साधारण तरिकाले विवाह गरेका थिए। उनीहरूले प्रेम गरे, विवाह गरे तर कहिले पनि कसैले कसैलाई औपचारिकरूपमा प्रेमको प्रस्ताव राखेन। सबै आफैआफै हुँदै गयो।

‘हामी साथी बन्यौं अनि थाहा पायौं की हामी एकअर्कालाई मनपराइरहेका छौं। यस्तैमा एकदिन हामीले विवाह गर्ने निर्णय गर्‍यौं’, अजयले आफ्नो प्रेमका बारेमा बताउँदै गत वर्ष दिएको एक अन्तरवार्तामा बताएका थिए।

काजोलका अनुसार अजय खासै रोमान्टिक छैनन्। उनी भ्यालेन्टाइन डेमा काजोललाई फूलसमेत दिदैनन्। यहाँसम्मकी उनीहरूको वैवाहिक वर्षगाँठसमेत हरेक वर्ष काजोलले नै सम्झाउनुपर्छ।

यस्तो भएपनि काजोललाई अजयसँग कुनै गुनासो छैन। चाहिँदाका बखत अजय सँधै काजोलसँगै हुन्छन् एउटा बलियो आड-भरोसा बनेर।त्यसैले नै उनीहरूको प्रेम जारी रहेको काजोलको बुझाइ छ।

यसैसाता बलिउडमा अजयले आफ्नो ३० औं वर्ष पूरा गरे। सिनेउद्योगमा आफ्ना पति अजयको सुखद ३० सालको शुभकामना दिदैं काजोलले आफ्नो ट्वीटरमा एउटा भिडियो सार्वजनिक गरिन जसमा अजयले अभिनय गरेका महत्वपूर्ण सिनेमाका मोन्टाजहरू जोडिएका छन्। बलिउडमा ३0 औं वर्ष पुरा गर्दा अजय यतिबेला आफ्नो करियरको सयौं सिनेमा ‘तहानजी’मा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्