नेविसंघको नारा केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै नेपाली कांग्रेस निकट नेवि संघले भारतीय बिस्तारवादको विरोध गरेको छ । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको हो । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको हो । विद्यार्थीहरुले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पनि माग गरेका छन ।

सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा भएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा निस्केका थिए ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले लामो समय देखि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...