सुरेन्द्र पाण्डे र विष्णु पौडेल मन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पनर्गठनको अन्तिम गृहकार्यमा छन् । उनले यसबारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पटक पटक छलफल गरिसकेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली कम्तीमा १० मन्त्री हटाउने तयारीमा छन् । उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हटाउने ओलीको तयारी रहेको उनीनिकट स्रोत बताउँछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरण दिने ओलीको तयारी छ । त्यस्तै पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतसँग पनि ओली सन्तुष्ट छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यहरूलाई राजीनामा दिन लगाइसकेका छन् । आफ्नो सचिवालय र मन्त्रिमण्डल हेरफेर गरेर ओलीले सरकारलाई प्रभावकारी बनाउन लागेका हुन् ।

नयाँ बन्ने मन्त्रीहरुमा सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुषाल तथा महेश बस्नेतको नाम अग्रपंक्तिमा छ । पौडेल र पाण्डेमध्ये एक अर्थमन्त्री बन्ने सम्भावना छ । प्रभावशाली नेता घनश्याम भुसाललाई पनि मन्त्रिपरिषदमा आउन प्रस्ताव गरेका छन्।

 

त्यस्तै सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन्। शिवमायालाई उपसभामुखबाट राजीनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ। पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन्। सापकोटा सभामुखका आकांक्षी भए पनि उनलाई मन्त्री नै बनाउने तयारी भएको स्रोत बताउँछ ।

समाजवादी पार्टीका नेता उपेन्द्र यादबले पनि सरकार छाड्नोबारे छलफल थालेको छ । ३0 गतेको बैठकबाट यसबारे निर्णय गर्दैछ । त्यसपछि मन्त्रिमण्डल पुनर्गठनबारे निर्णय हुने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...