अल्छी मान्छे धेरै बाच्ने यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 एक अनुसन्धानले अल्छे मानिसको उमेर लामो हुने देखाएको छ। जीवविकास अर्थात् इभोल्युसनले अब सर्भाइभल अफ द लेजिएस्टलाई समर्थन गर्ने अध्ययनबाट थाहा हुन आएको हो।
अनुसन्धानकर्ताहरूले २ सय ९९ प्रजातिका आनीबानीको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्। अधिक सक्रिय रहने प्रजातिका जीवको मेटाबोलिजम रेट अधिक भएका कारण विलुप्त हुने खतरा रहेको उनीहरू मान्छन्।

प्रमुख अनुसन्धानकर्ता डा ल्युक स्ट्रजले भने, ‘कुनै प्रजातिले अधिक ऊर्जा खर्च गर्दा पनि विलुप्त हुन सक्छ भन्ने थाहा पाउँदा म आश्चर्यचकित भएँ। तर यो वास्तविकता हो। हामीले मोलस्क प्रजातिका जीवको बारेमा अध्ययन गर्यौं।’
मोलस्क प्रजातिमा शंखेकीरा पर्छन्।

उनीहरू समुद्र किनारमा चुपचाप बसिरहन्छन्। मोलस्क प्रजातिका सक्रिय जीव ५० लाख वर्षअघि लोप भए र अहिले पाइने प्रजाति अल्छी जस्तो चुपचाप बसिरहन्छ। यिनीहरूको मेटाबोलिजम दर एकदमै कम छ। त्यसबाट नै अनुसन्धानकर्ताहरूले मेटाबोलिजम रेट बढी हुने प्रजाति अल्छी जीवको तुलनामा कम बाँच्ने निष्कर्ष निकाले।
लामो समयसम्म जीवित रहनका लागि मानिसले अधिक सक्रिय नभई अल्छे बन्ने सल्लाह दिन सकिने अनुसन्धानसँग जोडिएका प्राध्यापक ब्रुस लिभरम्यानले बताए।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...