अल्छी मान्छे धेरै बाच्ने यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 एक अनुसन्धानले अल्छे मानिसको उमेर लामो हुने देखाएको छ। जीवविकास अर्थात् इभोल्युसनले अब सर्भाइभल अफ द लेजिएस्टलाई समर्थन गर्ने अध्ययनबाट थाहा हुन आएको हो।
अनुसन्धानकर्ताहरूले २ सय ९९ प्रजातिका आनीबानीको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्। अधिक सक्रिय रहने प्रजातिका जीवको मेटाबोलिजम रेट अधिक भएका कारण विलुप्त हुने खतरा रहेको उनीहरू मान्छन्।

प्रमुख अनुसन्धानकर्ता डा ल्युक स्ट्रजले भने, ‘कुनै प्रजातिले अधिक ऊर्जा खर्च गर्दा पनि विलुप्त हुन सक्छ भन्ने थाहा पाउँदा म आश्चर्यचकित भएँ। तर यो वास्तविकता हो। हामीले मोलस्क प्रजातिका जीवको बारेमा अध्ययन गर्यौं।’
मोलस्क प्रजातिमा शंखेकीरा पर्छन्।

उनीहरू समुद्र किनारमा चुपचाप बसिरहन्छन्। मोलस्क प्रजातिका सक्रिय जीव ५० लाख वर्षअघि लोप भए र अहिले पाइने प्रजाति अल्छी जस्तो चुपचाप बसिरहन्छ। यिनीहरूको मेटाबोलिजम दर एकदमै कम छ। त्यसबाट नै अनुसन्धानकर्ताहरूले मेटाबोलिजम रेट बढी हुने प्रजाति अल्छी जीवको तुलनामा कम बाँच्ने निष्कर्ष निकाले।
लामो समयसम्म जीवित रहनका लागि मानिसले अधिक सक्रिय नभई अल्छे बन्ने सल्लाह दिन सकिने अनुसन्धानसँग जोडिएका प्राध्यापक ब्रुस लिभरम्यानले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...