भोलिदेखि हिमालय कपको बास्केटबल प्रतियोगिता हुने



हाम्रो इकोनोमि

 

कोटेश्वोरस्थित हिमालय कलेज एन्ड स्कुलले हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण २०७६-०७-२६ ( भोलि) देखि सुरु गर्ने भएको छ ! महिला र पुरुष गरि ५७ टिमको सहभागिता रहने प्रतियोगिता १४ दिन सम्म चल्नेछ ! प्रतियोगिताका बिजेतालाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरिनेछ !

२०७५ मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको प्रथम संस्करणमा सिनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, फाइनान्स डाइरेक्टर भुवनचक्र जोशी लगायतले पुरस्कृत गरेका थिए । साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बनेका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिमालय कलेजले बिद्यार्थीको सर्वाङ्गिन बिकाशको लागि एवं शारीरिक र मानसिक विकाशका लागि “Competition with cooperation” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको जानकारी आज आयोजित पत्रकार सम्मेलनमा प्राचार्य रामहरी सिलवालले दिनुभयो !

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...