भोलिदेखि हिमालय कपको बास्केटबल प्रतियोगिता हुने



हाम्रो इकोनोमि

 

कोटेश्वोरस्थित हिमालय कलेज एन्ड स्कुलले हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण २०७६-०७-२६ ( भोलि) देखि सुरु गर्ने भएको छ ! महिला र पुरुष गरि ५७ टिमको सहभागिता रहने प्रतियोगिता १४ दिन सम्म चल्नेछ ! प्रतियोगिताका बिजेतालाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरिनेछ !

२०७५ मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको प्रथम संस्करणमा सिनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, फाइनान्स डाइरेक्टर भुवनचक्र जोशी लगायतले पुरस्कृत गरेका थिए । साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बनेका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिमालय कलेजले बिद्यार्थीको सर्वाङ्गिन बिकाशको लागि एवं शारीरिक र मानसिक विकाशका लागि “Competition with cooperation” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको जानकारी आज आयोजित पत्रकार सम्मेलनमा प्राचार्य रामहरी सिलवालले दिनुभयो !

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...