पारस सोनीकासँग नजिकिएपछि हिमानीले यस्ता ५ भावुक स्टाटस लेखिन



 

पूर्वयुवराज पारस शाह र समलिङ्गी मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले यतिबेला चर्चा पाएको छ । पारससँग सङ्गत् बढेपछि सोनिकाले अश्लील हर्कतहरु पनि बन्द गरेकी छिन । सार्वजनिकरुपमै अश्लील तथा छाडा शब्दहरु बोल्ने र अर्धनग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी छिन । यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि छिन ।

पारस सोनीकासँग नजिकिएपछि हिमानीका लगातार भावुक फेसबुक स्टाटस=केहि समयअघि थाइल्याण्डकी एक युवतीसँगको सम्बन्ध बाहिरिएपछि पारसपत्नी हिमानी शाह दुखि बनेकी थिइन । अहिले पनि पारस सोनीकासँग नजिकिएपछि हिमानीले लगातार फेसबुकमा भावुक स्टाटस लेखेकी छिन । हिमानीले अक्टोबर ३० मा आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन् – ‘मान्छे चाहे जतिसुकै पढेलेखेको , धनी , आकर्षक अनि बुद्धिमान भएपनि यदी उ कुनै नारीको सम्मान गर्दैन भने उसको खुवीको काम छैन !! जय नेपाल’

त्यसपछि उनले मनभरी पिडा भएपनि आफ्नो सन्तानको लागि मुस्कुराउने भगवानलाई आमा भनिन्छ भन्दै छोराछोरीसहितको तस्वीर पोस्ट गरेकी छिन । अलि गम्भीर मुद्रामा खिचिएको तस्वीर पोस्ट गर्दै नोभेम्बर १ मा उनले लेखेकी छैन, – ‘ज़िन्दगीमा के छ भन्दा पनि को छ ?? भन्ने कुराले अर्थ राख्छ !’ त्यस्तै नोभेम्बर २ मा उनले लेखेकी छिन् – ‘तब सम्म कमाउनुस जब सम्म “महङ्गो” चिज “सस्तो” लाग्दैन चाहे त्यो “सामान” होस या “सम्मान” !!’नोभेम्बर ३ मा अझै सेड मुडमा देखिएको हिमानीले घतलाग्दो स्टाटस लेख्दै भनेकी छिन्- ‘को पो छन र खुसी यहा?? कही कतै अपुरो सपनाले आशू टीलपिल गरेर, मुस्कुराउनै दिदैन !!’ त्यस्तै नोभेम्बर ५ मा उनले अर्क्जो स्टाटस लेख्दै छोडेर जानेहरुलाई झरीजाने रुखको पातको संज्ञा दिएकी छिन । उनले लेखेकी छिन- ‘यदि कोहि तपाईहरुको साथ छोडेर जान्छ !! भने जान दिनुस् किनकी रुखलाई छाडेर जाने पातहरु सधै कुहिएर नै जान्छ !!’

बिहिबार मात्रै पनि उनले लेखेकी छिन – ‘ सुगन्धित फूलमा पनि किरा हुन सक्छ, चट्टानको भित्र पनि हिरा हुन सक्छ, सबैले भन्छन् म धेरै मुस्कुराउछु, तर मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ ?’ उनको यो मार्मिक स्टाटसलाई धेरैले मन पराएर लाइक गरेका छन् । यसअघि बुधबार उनले अर्को स्टाटस लेखेकी छिन ।‘लेख्नेले लेखेको कुरा पढ्नेवालाले, सम्झिदैनन् ” किनकी लेख्नेवाला भावना लेख्छ ” पढ्नेवालाले शब्द पढ्छन् !! जतिसुकै रमाइलो ठाउँ भएनि आफुलाई मन परेको मान्छे त्यहा छैन भने त्यो ठाउँ शुन्य नै लाग्दछ !! जन्म पछि बाँडिने मिठाई देखी सुरु हुन्छ जिन्दगीको यो खेल र श्राद्ध को खिरमा आएर, सकिन्छ यही नै जिन्दगीको मिठास हो !! प्रतिसोध लागी होइन प्रेमका लागी हो जिन्दगी त्यसैले सकारात्मक अनि असल कर्म गर्नु पर्दछ !!’

केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बसेका छन् । उनले देशमा कुनै वादी नभएको र आफूलाई राजवादी नभन्न भनेको भिडियोमा सुन्न सकिन्छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्छिन् र पासरले बाइक हुइँकाउँछन् । यो भिडियो एकाएक भाइरल भएसँगै सामाजिक सञ्जालमा पारस ट्रोल भइरहेका छन् ।

पारस ट्रोलको शिकार बन्नुको पछाडि उनका यसअघिका हर्कत हुन् । उनी थाइल्याण्डमा रहँदा थाइ महिलासँग जोडिएका थिए भने नेपालमा पनि उनका विभिन्न काण्डहरु सार्वजनिक भएका थिए । पछिल्लो चरण सोनिकासँगको प्रकरण बाहिरिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरिरहेका हुन् । सोनिकाले भने आफू र पारस तीन महिनादेखि नजिक रहेको प्रतिक्रिया स्वीकारेकी छिन् ।सोनिकाले पारसलाई एक अभिभावकझैँ केयर गर्ने मिल्ने साथी भएको दाबी गरेकी छिन् । सोनिकाले भनिन्, ‘पारस सरकारका कारण ममा चेन्ज धेरै आध्यात्मिक चेन्ज आएको छ, उहाँ मेरो मिल्ने साथी हो ।’ टिकटकमा पूर्वयुवराज पारस र सोनिकाको एक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पारसको विरोध शुरु भएको थियो । सुमन नामक युवकले टिकटकमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए ।

भिडियोमा पारस शाहले बाइकमा सोनिकालाई कुरिरहेका हुन्छन् । पोखरामा खिचिएको उक्त भिडियोमा पारसले केही नेपालीलाई राजावादी भनेर नछुट्याउन र सबैलाई नेपाली भन्न अनुरोध गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘यो वादी र ऊ वादी भनेर छुट्याउने होइन, हामी सबै नेपाली हो ।’ राजावादी र नेपालीबीचको कुरा चलिरहँदा युट्युबर सोनिका रोकाया बाइक नजिक आउँछिन् । लगत्तै पारसले बाइक स्टार्ट गर्छन् । र, दुवै हुइँकिन्छन् ।यता सोनिकाले आफूले बिल तिरेर भित्रबाट आएको र कसैले लुकेर भिडियो खिचेको आफूहरुले थाहा नपाएको बताइन् । ‘म रेष्टुरेन्टबाट बिल तिरेर निस्किरहेकी थिएँ, हामीले ड्रिङ्क गरेर निस्किरहेका थियौँ, उहाँले बाहिर केही राजावादीलाई यो वादी र ऊ वादी नभन्नु भन्नुभएको रहेछ,’ सोनिकाले भनिन्, ‘मलाई के थाहा त्यहाँ क्यामेराले खिचिरहेको छ भनेर, म त बिल तिरेर बाहिर आएँ, म उहाँसँग आएको थिएँ भने उहाँसँगै जान्छु नि ।’

उनले सोही होटलमा बसेर टिकटक भिडियो बनाएर आफूले अपलोड गरेको पनि बताइन् । सोनिकाले आफ्नो वृत्तिलाई मिडियाले नेगेटिभ बनाइदिएको र त्यहीअनुसार आफू हिँड्न चाहेको बताइन् । ‘म उच्छृङ्खल किन भएँ ? कारण समाज नै हो, सधै मलाई नेगेटिभ मात्र भन्यो,’ उनले भनिन्, ‘कपिल शर्मासँग अन्तर्वार्ता लिँदा कसैले कभर गरेन, अहिले भने यसरी मिडियामा आयो ।’सोनिकाले पारससँग भेट भएपछि आफूमा धेरै परिवर्तन आएको र पारसले सधै आफूलाई मोटिभेट गरेको पनि बताइन् । ‘म कस्तो बोल्थेँ, कस्तो नराम्रो थिएँ, कस्तो ड्रेसअप गर्थें, अहिले हेर्नुस् त, मैले पूरै ज्यान ढाक्ने कपडा लगाउन थालेकी छु, पारस सरकार राम्रो मान्छे हो,’ उनले दाबी गरिन् । ‘पारस सरकारले ममा भएको नेगेटिभिटीलाई हटाइदिनुभयो, उहाँले देशका लागि केही गर्नुपर्छ भन्ने पार्दिनुभयो, यसलाई पनि मान्छेले नकारात्मक सोचिरहेको छ,’ उनले अगाडि थपिन् ।

सोनिकाका अनुसार पारस शाहसँग उनको निकटता दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा भएको हो । उक्त लाउन्जमा सोनिकाको पनि शेयर थियो । पारस सधै त्यहीँ आउँथे । पारस र सोनिकाको निकटता बढ्दै गयो । पछि पारसकै सल्लाहमा आफूले लाउन्जबाट शेयर निकालेको समेत उनले दाबी गरिन् ।
‘त्यहाँ मलाई धेरैले छुन खोज्थे, उहाँले यदि परिवर्तन हुनु छ भने यो रेस्टुरेन्ट छोड भन्नुभयो, मैले छोडेँ,’ सोनिकाले भनिन्, ‘म त्यहाँ व्यापार गर्थेँ, अहिले छोडिसकेँ, त्यहाँ फेक संसार छ ।’ सोनिका र पारसमा केही समानता पनि छ । यी दुवै पश्चिमी सभ्यतालाई खुला रुपमा स्वीकारेका छन् । दुवैले आफूहरु पश्चिमी कल्चरमा हुर्केकाले पश्चिमी संस्कृतिलाई अंगालेको बताउँछन् । तर, त्यो सभ्यता नेपाली समाजमा सहजै पच्न गाह्रो हुन्छ । अर्कातिर पारस त झन् पूर्वयुवराज समेत भएकाले जनताको सम्मान र केही हदसम्म विश्वास छ ।

सामाजिक सञ्जालमा ‘उत्तेजक’ बनेर चर्चामा आएका कारण सोनिकाप्रति दर्शकको सकारात्मक दृष्टिकोण छैन । आफूहरु दुवै उस्तै परिवेशबाट गुज्रेकाले पनि दुवै मिल्ने साथी भएको सोनिकाको बुझाइ छ । पारस भने यो बारेमा आफ्नो भनाइ राख्न चाहन्नन् । ‘म उहाँसँगै छु, केही सोध्नु छ भने मलाई नै सोध्नुस् न, उहाँ केही बोल्नुहुन्न,’ हामीले कुरा गर्न खोज्दा उनको प्रतिक्रिया थियो ।‘म तीन महिनादेखि उहाँसँग भेट्दा हामी कहिल्यै पनि प्रेमका कुरा गरेनौँ, हामी सधै नेपाललाई कसरी राम्रो बनाउने भन्ने कुरा गर्छौं,’ सोनिका रोकायाले सुनाइन्, ‘तर, यत्ति हो, यहाँ जे कुरालाई पनि नकारात्मक रुपमा लिइन्छ ।’

सोनिकाले पारससँग बनाएको एक टिकटक भिडियो अपलोड गरेकी थिइन् । उनले टिकटकमा ‘मुख खोलेर भन्न पो भा’छैन तर कल्लाई थाहा छैन’ बोलको गीतमा टिकटक बनाएकी छिन् । उक्त टिकटक भिडियोको पृष्ठभूमिमा पारस शाहलाई देख्न सकिन्छ । यो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसो त यसअघि पनि पारस र सोनिकाका तस्वीर सार्वजनिक भएका थिए । अहिले आएर सोनिकाले पारससँग आफ्नो ‘ब्याइफ्रेण्ड र गर्लफ्रेण्डको सम्बन्ध’ नभएको दाबी गरेकी छिन् ।‘कोहीसँग बोल्दैमा भेट्दैमा प्रेम हुन्छ र ? त्यसो हो भने त कपिल शर्मा (भारतका कमेडियन) पनि मेरो बेस्ट फ्रेन्ड हुन्, उनीसँग पनि रिलेशनमा छु भन्दिने?,’ सोनिकाले भनिन्, ‘यस्तो हल्ला चल्छ, त्यो पनि बीच बाटोमा छु यार, म बेडरुममा भेटिएको त होइन नि, भित्रबाट बिल तिरेर आउँदैछु ।’

सोनिका रोकाया युट्युबर, भिजे तथा मोडल पनि हुन् । उनले युट्युबमा उत्तेजक अन्तर्वार्ता लिएर दर्शकमाझ चर्चा कमाएकी थिइन् । उनले सेलिब्रेटीसँग भन्दा पनि बढी ‘पब्लिक’ सँग अन्तर्वार्ता लिने गर्थिन् । समाजमा अश्लीलता फैलाएको भनेर आरोप खेपेकी सोनिका पछिल्लो समय भने सोे दुनियाँबाट टाढा थिइन् । त्यसो त उनले कार्यक्रम चलाउन छोड्नुअघि सरकारले उत्तेजना फैलाउने केही युट्युबरलाई पक्राउ गरेर कारवाही समेत गरेको थियो ।कतिपयले सोनिकाले सरकारले कडाइ गरेका कारण त्यस्ता अपच कार्यक्रम चलाउन छोडेको दाबी गर्छन् । केही समय ओझेलमा हराएकी सोनिका पछिल्लो समय व्यवसायमा सक्रिय थिइन् । पछिल्लो समय पारस शाहसँग सम्बन्ध विस्तार भएपछि पारसकै सल्लाहमा आफ्नो लगानी रहेको दरबारमार्गस्थित लिक्विड लाउन्जबाट शेयर झिकेको उनको दाबी छ । हाल पारस सोनीकालाई लिएर अन्नपूर्ण बेसक्याम्प पुगेको खबर बाहिरिएको छ । हेलिकप्टर बुक गरेर पारस सोनीकाको साथमा त्यहाँ पुगेको समाचार बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्