जनयुद्धकालिन माओवादीका चार हस्ती यसरी भए पत्तासाफ



हाम्रो इकोनोमि

 

जनयुद्धकालिन माओवादीमा दुई शक्तिबीच टकराव थियो । एउटा बन्दुक बोक्ने सैन्य शक्ति, अर्को राजनीतिक संगठक । बन्दुक बोक्नेले संगठन गर्नेलाई पत्याउँदैथे भने संगठन गर्नेले बन्दुक बोक्नेलाई विश्वास गर्दैन्थे । तत्कालिन माओवादीभित्र यो द्धन्द एमालेसँग समिकरणमा आइपुग्दा समेत समाप्त हुन सकेन । नेकपासम्म आइपुग्दा सैन्य क्षेत्रका कमाण्डर राजनीतिक नेताबीचको द्धन्दमा संगठक नेताहरु पूर्णतया परास्त भएका छन् ।

पूर्वमाओवादीका राजनीतिक संगठन नेताहरु अहिले कुनै पनि सक्रिय राजनीतिमा छैनन् । उनीहरुको राजनीतिक अबतरण निकै दर्दनाक बन्ने गरेको छ । जनयुद्धकालिन माओवादीका राजनीतिक संगठन थिए, यानप्रसाद गौतम ९आलोक०, रविन्द्र श्रेष्ठ, कृष्णबहादुर महरा, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली, गोपाल किँराती । उनीहरुसँग डा।बाबुराम भट्टराई र मोहन बैद्य किरण पनि थिए । तत्कालिन माओवादीका राजनीतिक नेताहरु अधिकाँसलाई यौनकाण्ड लागेको छ । यौनकाण्डकै कारण आलोक कारवाहीमा परेर ज्यान गुमाए भने हेमन्तप्रकाश ओली र रविन्द्र श्रेष्ठ पार्टीबाटै निस्कासित भए ।

यौनकाण्डमै महरा सदरखोर डिल्लीबजारमा सजाय भोगिरहेका छन् । मोहन बैद्य किरण, डा। बाबुराम भट्टराई, गोपाल किराँती, फरक पार्टी बनाएर गुमनाम राजनीतिमा भएपनि लोकेन्द्र बिष्ट भने राजनीतिबाट सन्यास नै लिइसकेका छन् । जनयुद्धकालिन माओवादीको पहिलो फौजी कमाण्डर थिए, रामबहादुर थापा बादल । उनी अहिले गृहमन्त्री छन् । अर्का सेना कमाण्डर थिए नन्दकिशोर पुन पासाङ, उनी उपराष्ट्रपति पदमा आशिन छन् । त्यसैगरी बर्षमान पुन अनन्त र चक्रपानी खनाल बलदेव पनि सेना कमाण्डर थिए । उनीहरुले अहिले बहालवाला मन्त्री छन् भने अर्का कमाण्डर थिए महेन्द्रबहादुर शाही उनी कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । अर्का कमाण्डर जनार्दन शर्मा गृहमन्त्री भइसकेका छन् भने नेकपाको प्रभावशाली नेता हुन् ।

जनयुद्धकालिन माओवादीभित्रको टकरावको परिणाम अहिलेसम्म देखिन थालेको छ । राजनीतिक नेताहरुलाई आन्तरिकरुपमै सेना कमाण्डरहरुले सिध्याउँदै ल्याएका थिए । सवै राजनीतिक नेताहरु सकिएपनि कृष्णबहादुर महरा भने केही समयअघिसम्म सक्रिय राजनीतिको केन्द्रमा थिए । तर महरालाई पनि सेना कमाण्डरहरुको समुहले सिध्याएको पूर्वमाओवादी नेताहरुले बताउने गरेका छन् ।

‘आलोकदेखि महरासम्मलाई यौनकाण्डमा फसाउन सेना कमाण्डले भूमिका खेलेको देखिन्छ’ पूर्वजनमुक्ति सेनाका बिग्रेडियर कमाण्डर तुल्सी पुन हिमालले भने ‘टकराव पहिलेदेखि थियो, त्यसको चिसो पनि अहिलेसम्म गएको रहेनछ ।’ बिग्रेडियर कमाण्डर हिमाल पनि अहिले राजनीतिबाट सन्यास लिइसकेका छन् ।

जनयुद्धकालिन माओवादी सेनाका पहिलो फौजी कमाण्डर रामबहादुर थापा बादल थिए । तर उनीबाट फौजी कमाण्डर पद खोसेर अध्यक्ष प्रचण्डले आफैसँग राखेका थिए । उनी जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर भएको घोषणा पनि गर्थे । उता पाटीको अध्यक्ष यता सेनाको सर्वोच्च कमाण्डर भएका कारण दुवै शक्तिलाई मिलाएर उनी माओवादी कालभर पार्टीको सुप्रिमो बनिरहे । तर युद्धको थालनी गर्दाका १९ जना मध्ये एक हुन् लोकेन्द्र बिष्ट । तर उनी राजनीतिक नेतृत्व धरापमा परेको नभई आन्दोलन नै धरापमा परेपछि नेताहरु पत्तासाफ भएको बताउँछन् ।

‘युद्ध थाल्दा हामी १९ जना थियौ, युद्ध र क्रान्तिले सेटब्याक खाएपछि राजनीतिक नेतृत्व पत्तासाफ हुनेनै भयो’ उनले भने ‘लडाकु कमाण्डरहरु ब्यवसायीक थिएनन्, राजनीतिक इन्चार्चसिप मात्र लिएका थिए । उनीहरुलाई खास्सै लडाकु कमाण्डर भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...