पहिलो पटक डेटमा जाँदा यी ५ काम गर्दै नगर्नुस्



हाम्रो इकोनोमि

 

मन परेको मानिस पाउन कसले पो के गर्दैन र ? मन परेको मानिस पाउन जे गर्न पनि तयार हुन्छन् आजकलका प्रेमी प्रेमीकाहरु ।उनीहरुलाई कसरी आर्कषित गर्ने भनेर सकेसम्म मेहनत गर्दछन् । तर कहिले काहि यसरी गरीएको मेहनत ब्यर्थ जाने गर्दछ ।

अझ आकर्षित गर्ने मामिलामा पुरुषहरु मात्र अघि छैनन् महिला पनि मनपरेको पुरुष आकर्षित गर्न अनेकौ जुक्ति लगाउछन् ।तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ति पुरुषहरु महिलाबाट तर्किने गर्दछन् ।

तसर्थ हामी केहि टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउदैछनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।

१. धेरै मेकअप नगर्नुस्

आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केहि महिला धेरै मेकअप गर्दछन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस्, गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।

२. डेटमा पुग्न ढिला नर्गनुस्

केहि महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ । तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्याे भने ति पुरुष अर्काे भेटका लागी राजि नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।

३. भोकै नबस्नुहोस्

फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् ।

४. छोटा पहिरन नलगाउनुस्

छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरिरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।

५. बनावटी कुरा नगर्नुहोस्

अरुको नक्कल गर्ने तथा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रती दया जगाउन सक्छ माया होइन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...