मन्त्रिपरिषद हेरफेरको तयारी, पाण्डेलाई अर्थमन्त्री बनाउँन ओली र प्रचण्ड सहमत, क कसको हुने भयो बिदाई



हाम्रो इकोनोमि

 

आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका छन् । लामो समयदेखि मन्त्री हेरफेर कसरत चलेपनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन सकेको थिएन । तर पछिल्लो समय मन्त्री फेरबदलका लागि दुई अध्यक्षबीच सहमति जुटेको स्रोतले बताएको छ ।  अध्यक्ष उप निर्वाचनभन्दा पहिले नै मन्त्रीपरिषद हेरफेरको तयारीमा जुटेको स्रोतले बताएको छ ।

दुई बर्ष मन्त्री भइसकेका अधिकाँस मन्त्रीहरुलाई बिदा गर्ने र नयाँ अनुहारलाई मन्त्री परिषदमा ल्याउने तयारी दुई अध्यक्षले गरेका छन् । ‘वर्तमान तीन मन्त्रीलाई मात्र निरन्तरता दिने अन्यका ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ’ प्रचण्ड निकट एक नेकपा नेताले भने ‘दुई अध्यक्षले नयाँ बन्न मन्त्रीको नाम मोटामोटी टुंग्याइ सक्नुभएको छ ।

चितवनको राजनीति जोडिएका कारण नेपाल खेमाका सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने गरी प्रचण्डले कसरत थालेका छन् । नेपाल खेमालाई समेट्नभन्दा चितवनको आफ्नो राजनीति जोगाउन प्रचण्डले कसरत थालेको नेपाल निकट एक नेताले बताए । सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन ओली प्रचण्ड सहमत भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि नै मन्त्रीपरिषद हेरफेरको तयारी गरेका थिए । अध्यक्ष दाहालको सहमतिमा मन्त्रीपरिषद हेरफेरको तयारी गरेपनि राष्ट्रपति बिद्यादेवी भण्डारीको म्यानमार भ्रमणले रोकिएको थियो । पछिल्लो समय केही नेताहरुले उपनिर्वाचनभन्दा अगाडी मन्त्रीपरिषद हेरफेर नगर्न दुई अध्यक्षलाई सुझाव पनि दिएका छन्

नयाँ मन्त्रीपरिषद बिस्तारपछि नेकपाको समिकरणमै प्रभाव पर्ने लगभग निश्चित छ । समिकरणमा फेरबदल नहुनेगरी नयाँ मन्त्री ल्याउने कसरत दुई अध्यक्षले थालेका छन् । पुराना तीन मन्त्रीलाई मात्र राख्ने अरुलाई बिदा दिने तयारी गरिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यथावत रहने सम्भावना छ भने अन्यमन्त्रीहरु फेरबदल हुने भएका छन् ।

दुई अध्यक्षले मन्त्रीपरिषद हेरफेर गर्न थालेपछि मन्त्री बन्नेहरुले दौड बढाएका छन् भने बहालवाला मन्त्रीहरुले पनि कसरत थालेका छन् । नयाँ मन्त्रीमा उपप्रधानसहित सुवास नेम्वाङ, पार्टी महासचिव बिष्णु पौडेल, महेश बस्नेत मन्त्री बन्ने पक्का छ भने पूर्वमाओवादी खेमाबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...