प्रेमिको पूर्व प्रेमिकासँग मित्रता हुदोरहेछ कसरी हेर्नुहोस् पुरारिपोर्ट



हाम्रो इकोनोमि

 

केहीवर्ष अगाडिसम्म जीवनमा प्रेम भनेको केवल एक जनासँग मात्र हुन्छ भन्ने भनाई थियो । तर, अहिलेका पुस्ताले यो भनाईलाई जुठो बनाइदिएका छन् । प्रायः अहिलेका पुस्ताका युवा-युवतीहरु प्रेम भएको केही समयपछि नै ब्रेकअप हुने र ब्रेकअपको केही समयपछि नै अर्को प्रेम हुने चलन बढेको छ । त्यति मात्र नभएर अहिले प्रेम भएकोमा मात्र खुशी मनाउने होइन ब्रेकअप भएकोमा पनि सेलिब्रेसन हुन थालेको छ । प्रेम र ब्रेकअपको बारेमा छ त धेरै वटा गीतहरु पनि बनिसकेका छन् ।

यसरी धेरैसँगको प्रेम हुँदा कहिलेकाहीँ आफ्ना प्रेमी-प्रेमिकाका पूर्व प्रेमी-प्रेमिकासँग पनि भेट हुन र मित्रता गाँसिन पनि सक्छ । आज हामी यहाँ आफ्नो प्रेमिको पूर्व प्रेमिकासँगको मित्रता गाँसियो भने के गर्ने भन्ने बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

आफुलाई तयार गर्ने

यदि तपाईंहरु दुवै एउटै अफिसमा काम गर्नु हुन्छ । अथवा कामको क्रममा तपाईं आफ्नो प्रेमीको पूर्व प्रेमिकासँग भेटघाट हुन्छ । त्योभन्दा पहिला तपाईंले आफूलाई तयार गर्नुपर्छ । यदि तपाइर्ंको प्रेमी र उनकी प्रेमिकाबीचको ब्रेकअप नराम्रो तरिकाले भएको थियो भने ती बिषयमा कुरा गर्नाले तपाईंको काम बन्नुभन्दा बिग्रन सक्छ । त्यसैले कुनै कुराले यदि तपाईंहरुबीच स्थिति बिगि्रयो भने तपाईंलाई असहज महसुस नहोस् ।

आफ्नो प्रेमीसँग कुरा गर्नुपर्छ

यो बारेमा आफ्नो प्रेमीसँग तुरुन्त कुरा गर्नुपर्छ । यदि उनीहरुको सम्बन्ध खराब बिन्दुमा टुटेको थियो भने तपाइर्ंहरुबीच बन्न लागेको मित्रताको सम्बन्धले सहज महसुस नगर्न पनि सक्छ । यदि तपाईंको प्रेमी सहज छैनन् भने तपाइर्ंले यो सम्बन्धलाई औपचारिकमा मात्र सीमित राख्नु आवश्यक हुन्छ ।

कुरा सुन्नुपर्छ

यदि तपाईंको प्रेमीकी पूर्वप्रेमिका तपाईसँग आफ्नो सम्बन्धको बारेमा कुरा गर्न चाहन्छिन् । त्यसलाई ध्यान दिएर सुन्नुपर्छ । तर, उनले गरेको कुराले तपाईंहरुको वर्तमान सम्बन्धमा आँच आउन दिनुहुन्न । उनले गरेको कुरालाई आफ्नो वर्तमान सम्बन्धको दृष्टिकोणबाट हेर्नु हुँदैन ।

सन्तुलन आवश्यक छ

यदि उनको पूर्वप्रेमिकासँग तपाईं मित्र जस्तै गरी कुरा गर्नुहुन्छ भने कहिल्यै पनि उनलाई त्यो सम्बन्ध टुट्नाले उनमा कमी भएको महसुस हुन दिनु हुँदैन । त्यस्तै आफ्नो कुरामा उनलाई धेरै सहभागी गराउनु हुँदैन । त्यसो गर्दा तपाईंको प्रेमी पुनः उनैप्रति आकषिर्त हुन सक्छन् । त्यस्तो अवस्थामा सन्तुलन र सावधानी अति आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...