बामदेवले भने ३ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुग्छ



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गरेका छन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे ।

गौतमले भने ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं । अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं । सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं । अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ ।’

नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाए । उनले कांग्रेसका क्रियाकलापका कारण ऊ सधैंभरि प्रतिपक्षमै रहने बताए ।

गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन ।’

गौतमले डिपी ढकाल मृत्यु जितेर आएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीले बिचार गरेरै निर्णय लिएको बताए । भक्तपुरमा पूर्वएमालेले उनका उम्मेदवारीप्रति अशन्तुष्टि जनाएका बेला गौतमले अब नेकपामा कुनै समस्या नरहेको बताए ।

गौतमले भने ‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...