मनोनयन पत्र दर्ता गरेपछि विद्याले भनिन्, ‘प्रतिष्पर्धा स्वीकार्छु तर मैले नै चुनाव जित्छु’



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कास्की क्षेत्र नम्बर–२ बाट विद्या भट्टराई पहिलो नम्बरमा आफ्नो मनोनयन दर्ता गरेकी छन् ।

बिहीबार करीब साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेद्वारी दर्ता गरेकी हुन् । कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिएका छन् । भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।

उम्मेद्वारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले उनले आफूले चुनाव जित्ने दावी गरिन् । ‘प्रतिष्पर्धा स्वीकार गर्छु’, उनले भनिन्, ‘यो चुनाव मैले नै जित्छु ।’

त्यस्तै २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । विश्वकर्माको प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् भने समर्थकमा नरमाया सुनार रहेकी छन् ।
यस्तै ३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।

४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...