कुनै केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ?? (जानी राखौं)



हाम्रो इकोनोमि

 

कुनै पनि राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन आँखा झिम्क्याउन जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । त्यस्तै फोन नम्वर र फेसबुक आइडी माग्दै उस्तैले त आई लभ यू नै भनिदिन्छन् । तर केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी चोरी हेर्छन् । लुकी लुकी हेर्छन । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन भनेर

हाँस्नु मुस्कुराउनु कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्राय मुस्कानलाई नै मुख्य हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजर कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी लुकी नजर जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

बोल्दा अनुहार रातो हुनु यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्न नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन मनै मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...