कास्कीमा निर्वाचन अधिकृतको कार्यालयनजिकै बम बिष्फोट



हाम्रो इकोनोमि

 

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ।

बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ता गर्नका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोट भएको हो । बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले  जनाएको छ।

कास्की २ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उपचुनाव हुँदैछ । बम विष्फोट भएको स्थानमा प्रहरी टोली पुगेको छ ।

विष्फोट कसले र किन गरायो हालसम्म खुलेको छैन, तर निर्वाचन अधिकृत कार्यालयनजिकै विष्फोट भएको हुनाले निर्वाचन बिथोल्ने उद्देश्यले बम विष्फोट भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...