आलो पालो प्रधानमन्त्री भन्ने कुरा इतिहास बन्यो : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

पाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने चर्चाको अन्त्य भएको छ । दाङमा प्रचण्डले नै उक्त विषय ‘इतिहास’ भएको भन्दै यसको पुष्टि गरेका छन् ।

यो सँगै नेकपामा प्रचण्ड कार्यकारी अध्यक्षको जिम्मेवारीको नजिक रहेको संकेत पनि मिलेको छ । पार्टीका सबै बैठकदेखि नियमित काम कारबाही र सचिवालयका बैठक अब प्रचण्डले डाक्नेछन् ।

प्रधानमन्त्री ओली बिरामी भएका कारण आरम गर्नुपर्ने भएकाले पार्टीका सबै काम र जिम्मेवारी प्रचण्डलाई दिँदैछन् भने सरकारको नेतृत्व गरे पनि त्यसको कार्यकारी अधिकार बरिष्ठ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिने चर्चा सतहमा आएको छ । पोखरेलल ओलीको पावर अफ एटोर्नीमा मन्त्रिपरिषद्का बैठकलगायतका काम कारबाही गर्ने चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री ओली थप उपचारका लागि केही दिनमा फेरि सिंगापुर प्रस्थान गर्न लागेका छन् । मिर्गौलाका रोगी रहेका प्रधानमन्त्री ओली नयाँ मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताइएको छ । त्यसको सम्भावना र जोखिमका विषयमा बुझ्न प्रधानमन्त्रीकी नीजि चिकित्सक डा. दिव्यासिंह शाह अमेरिका प्रस्थान गरिसकेकी छन् ।

शाहले अमेरिकामा मेडिकल सम्भावनाका विषयमा सबै कुरा बुझेर नेपाल फर्किएपछि ओलीले मिर्गौला पुनः प्रत्यारोपण गर्नका लागि सिंगापुर जाने र आरामका लागि लामो समय लाग्ने हुँदा सरकारको जिम्मा पोखरेल र पार्टीको जिम्मा प्रचण्डलाई दिन लागेको बताइएको छ ।

भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले यस विषयमा त्यहाँका डाक्टरसँग पनि परामर्श गरेको उच्च स्रोतले जनाएको छ । हालै मिर्गौला डायलासीसका क्रममा पहिलो पटक प्रत्यारोपण गरिदिने एपोलोका बरिष्ठ मिर्गौला रोग विशेषज्ञलाई काठमाडौंमा झिकाएर परामर्श गरिएको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...