आलमको दोस्रो दिनको अदालती बयान जारी



हाम्रो इकोनोमि

 

विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको दोस्रो दिने अदालती बयान शुरु भएको छ ।

आलमको जिल्ला अदालत रौतहट रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा बयान शुरु भएको हो ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बिहान ११ बजेदेखि नै आलमको बयान शुरु भएको जानकारी दिए ।

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी र अर्का १ जनाविरुद्ध मतियार बनेको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

मंगलबारदेखि नै आलमको बयान शुरु भएको थियो । तर, आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएपछि बयान बीचमै रोकिएको थियो ।

मंगलबार अपराह्न ३ बजेर २० मिनेटदेखि पुनः सुचारु भएको बयान अदालती समय सकिने लाग्दा विषयबस्तुमै प्रवेश गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...