भक्तपुरमा माओवादी र एमालेवीच झगडा



हाम्रो इकोनोमि

 

भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाएका हुन् ।

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । जेलनेल भोगेका उनी वर्षमान पुन अर्थमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए । उनले विश्वको अर्थतन्त्रबारे पुस्तकसमेत लेखेका छन् ।

भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ ।

भक्तपुरमा ०७४ सालको चुनावमा माओवादीले पाएको टिकट तत्कालीन एमालेले जबर्जस्ती खोसेर लगेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । अहिले पनि त्यहाँ पूर्वमाओवादीलाई टिकट दिएकोमा पूर्वएमालेले नपचाएको गुनासो पूर्वमाओवादीका नेताहरुको छ ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरुको तर्क छ । तर, पूर्वमाओवादीका नेताहरु भने ०७४ को चुनावमा डीपी ढकाल बागी उम्मेदवार नभएर एमालेका हरिशरण लामिछाने चाहिँ बागी भएको बताउँछन् ।

गत निर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १ (क) तत्कालीन एमाले र माओवादी गठबन्धनको तर्फबाट हरिशरण लामिछाने निर्वाचित भएका थिए । लामिछानेको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारका लागि भक्तपुर जिल्ला कमिटीले डीपी ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीमा पठाएको थियो । प्रदेश कमिटीले भने ढकाल, रमेश बुढाथोकी, मोहनबीर श्रेष्ठ र नारायण फुयाँलको केन्द्रमा पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...