अघोर बाबा भनेर चिनिने बिजय केसीलाई मिडियाले बनाइदिए ‘लाइफ ड्यामेज बाट म्यानेज



हाम्रो इकोनोमि

 

अघोर बाबाका नामले गुप्तबासमा नै रहेका बिजय केसी एक बर्षअघि देखि मिडियामा छाउन थाले । कसैले उनको भिडियो खिच्यो र फेसबुकमा राखिदियो, त्यसपछि उनलाई युट्युव च्यानलले पछ्याउन थाले ।

काठमाडौंको लाजिम्पाटमा जन्मिएका उनी त्यसबेलादेखि नै हिपहप म्युजिकमा सक्रिय रहेका थिए । उनका कतिपय भिडियो सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, इन्स्टाग्राममा चर्चित भए । उनको चर्चा अझ चुलियो ।

मिडियाले उनको ठट्यौलीदेखि अनेक प्रकारका अभिनयका विषयले अझ चर्चा पाउन थाल्यो । यहि चर्चाका कारण कतिपय टेलिसिरियलसम्ममा उनले अभिनय गर्ने मौका पाए ।

केसीको ‘लाइफ ड्यामेज’ थेगोले इन्टरनेटमा निक्कै चर्चा पायो । हासोका पात्रका रूपमा उनलाई लिइए पनि उनी आफ्नो जीवनलाई गुप्तवासमा राखेका थिए । बर्षौंसम्म परिवारका सदस्यबाट टाढा रहेका केसी जब चर्चामा आउन थाले, परिवारका सदस्यसँग पनि भेट भयो ।

‘कलाकारितामा सक्रिय रहेका बेला मौका नपाएपछि विरक्तिएर साधुका रुपमा जीवनयापन गरेको थिएँ, अहिले मिडियाले नै स्थान दिएर मौका पाइरहेको छ’, उनले भनेका छन्,‘अहिले जीवन राम्रोसँग चल्छ भन्ने आत्मबल भएको छ ।’

उनको चर्चा चुलिँदै गएपछि बनेपादेखि अनेक ठाउँमा उनको माग हुन थाल्यो । विदेशमा पनि उनको माग हुन थालेपछि दुई महिना अघि केसीले राहदानी समेत बनाइसकेका छन् ।

काठमाडौं सुन्दरीजलमै बसोबास गरिरहेका केसीको पछिल्लो पटक सार्वजनिक भएको रोचक पक्ष भनेकोचाहिँ वैवाहिक बन्धनमा बाँधिएका छन् । अमेरिकामा लामो समय बसेकी शारदा नामकी अर्धबैंसे महिलासँग उनले विवाह गरेका छन् । दुवै जनाको समझदारीमा यो सम्बन्ध अगाडि बढाउने उनीहरूले बताएका छन् ।

‘कृष्ण पनि काला थिए, उहाँ पनि कालो हुनुहुन्छ । तर सबैभन्दा राम्रोचाहिँ मन सफा भएका कारण बिहे गरेकी हुँ’, शारदाले भनेकी छन्,‘आफन्तलगायतका कतिपयले कुनै चासो नदिए पनि अबको यात्रा सहजताका साथ जानेछ ।’

मिडियाले साधुबाट संसारिक बन्धनसम्म डोहोर्याएका, चर्चामा चुलिएका केसीले टिकटकमा भाइरल बनाउनेलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...