पशुपति आर्यघाटमा आन्दोलन, अनिश्चितकालका लागि शव जलाउन बन्द



हाम्रो इकोनोमि

 

घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने चेतावनी दिएका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले  भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा टाँसेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...