नेपाली सिनेक्षेत्रका चर्चित डिभोर्सहरु, कतै तानातान, कतै हानाहान



 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशील नायिकाहरुको डिभोर्सको घटनाहरु धेरै नै आउने गरेका छन् । केही समयअघि मात्र निर्देशक छवि ओझा र नायिका सिल्पा पोखरेलको डिभोर्सको कुराले सामाजिक सञ्जाल नै तातेको थियो भने केही दिन अघिमात्र पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सिनाको डिभोर्सको खबरले खैलाबैला मच्चिएको थियो । यसरी एकपछि अर्को गरी नायक–नायिकाको डिभोर्सको कुरा बाहिर आउनु खासै नौलो रुपमा हेरिएको देखिदैन ।

 

डिभोर्सपछि दोस्रो विवाहलाई पनि सामान्य नै मानिन्छ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन असफल भएको हामीले देखेका छौं । पारिवारिक जीवन जीउने क्रममा आपसी मतभेद त हुन्छ नै । सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको लिष्ट लामो छ ।

 

नेपाली सिनेक्षेत्रका चर्चित डिभोर्स
रेखा थापा

रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री हुन् । उनी नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा पनि परिचित छिन् । हिरो चलचित्रबाट रजतपट प्रवेश गरेकी रेखा निर्माता हुँदै निर्देशकसमेत बनेकी छन् । निर्देशक छवि ओझासँग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन । एक दशक लामो बैबाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् । छविसँगै बसेका बेला रेखाले आफ्नो नाममा चलचित्र ब्यानर खोलेर थुप्र्र्रै चलचित्र बनाइन् । हिम्मतवाली चलचित्रको त उनी निर्देशकसमेत भइन् । रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

रिमा विक

म्युजिक भिडियोहुँदै फिल्म क्षेत्रमा जमेकी नायिका हुन्, रिमा विश्वकर्मा । नेपाली टेलिभजनमा सबैभन्दा ठूलो गायन प्रतियोगिताको रुपमा परिचित नेपाल आइडलको उद्घोषक बनेपछि उनी अझ चर्चित बनेकी थिइन् । २०१५ सेप्टेम्बरमा रोबर्ट विकसँग विवाह गरेकी विकले डिभोर्स लिइसकेकी छिन् । उनको विवाह दुई वर्ष पनि टिकेन ।

प्रियंका कार्की

पछिल्लो समय सबैको रोजाइमा रहेकी नायिका हुन् पूर्वमिस टिन प्रियंका कार्की । अहिले प्रियंका र आयुष्मान विवाह गर्ने तयारीमा छन् । उनीहरुले केही समय अगाडि इन्गेजमेन्ट गरिसकेका छन् । तर, प्रियंकाको यो पहिलो विवाह भने होइन । सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्ष उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो । तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जीउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।

सञ्चिता लुइँटेल

नेपाली चलचित्र क्षेत्रमा एक समय खुबै चर्चामा आएकी सुन्दर नायिका सञ्चिता लुइँटेल र आकाश शाहबीच प्रेम विवाह भयो । विवाह भएको केहीसमयपछि उनीहरुको सम्बन्धमा खटपट आयो र अन्ततः डिभोर्स दिने निर्णयमा पुगे । आकाशलाई डिभोर्स दिएर सञ्चिताले नायक निखिल उप्रेतीसँग लगनगाँठो गाँसेकी छिन् । अहिले निखिल र सञ्चिताको पारिवारिक जीवन सामान्य रहेको छ ।

गौरी मल्ल

गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्ततः उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।

अरुणिमा लम्साल

पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा रहेकी नायिका अरुणिमा लम्सालले पनि डिभोर्स गरेकी छिन् । लम्सालले व्यापारी अमित अर्यालसँग विवाह गरेकी थिइन् । तर उनको सम्बन्ध पनि धेरै टिकेन । उनले पति अर्यालसँगको वैवाहिक जीवनलाई १२ वर्षसम्म मात्र निरन्तरता दिइन् ।

मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले आफ्नो रियल लाइफ निकै उतारचढाव बेहोरेकी छिन् । बलिउडमा ९० को दशकमा निकै चम्किएकी अभिनेत्री मनिषा कोइराला बलिउडकी चर्चित नायिका थिइन् । सन् २०१० मा सम्राट दाहालसँग घरजम गरेकी मनिषाको वैवाहिक जीवन लामो समय टिक्न सकेन । उनले दुई वर्षपछि नै श्रीमानसँग डिभोर्स गरिन् ।

झरना बज्राचार्य

झरना बज्राचार्य नेपालकी एक चर्चित अभिनेत्री र मोडल हुन् । उनी १६ वर्षको उमेरमै मिस नेपाल १९९७ भएकी थिइन् । ब्रिटिश नागरिकसँग विवाह गरेकी झरना बज्राचार्यको सम्बन्ध लामो टिक्न सकेन र अन्ततः डिभोर्स गरिन् । उनले अहिले निर्माता राहुल अग्रवालसँग दोस्रो विवाह गरेकी छिन् ।

छुल्ठिम गुरुङ्ग

चलचित्र नोभेम्बर रेनबाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसँग विवाह गरेकी थिइन् । छुल्ठिमको बैबाहिक सम्बन्ध पनि लामो समयसम्म अघि बढेन । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन । हाल उनी एक्लै बस्दै आएकी छिन् । उनीहरुको २०१३ मा डिभोर्स भएको हो ।

मौसमी मल्ल

मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्षकै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् ।

कृति भट्टराई

नायिका कृति भट्टराईले पत्रकार रवी श्रेष्ठसँग विवाह गरेकी थिइन् । परिवारसँग विद्रोह गरेर उनले सञ्चारकर्मीसँग विवाह गरेकी हुन् । तर उनीहरुको विवाह सम्बन्ध लामो समयसम्म टिक्न सकेन । अभिनेत्री कृतिले अहिले इन्जिनियर रोहित पौडेलसँग दोस्रो विवाह गरेकी छन् ।

सुस्मिता केसी

अभिनेत्री सुस्मिता केसीले अभिनेता भुवन केसीसँग विवाह गरेकी थिइन् । भुवनको सुस्मितासँग दोस्रो विवाह थियो । तर यी दुई बीचको वैवाहिक सम्बन्धसमेत लामो समय टिक्न सकेन । यतिबेला एक्लै जीवन बिताइरहेकी छिन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेका पनि छन् । अझ कला क्षेत्रमा त झनै धेरै छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्