दुर्गेशले फेरि अपलोड गरे विवादित गीत, के गरे नयाँ परिवर्तन ?



हाम्रो इकोनोमि

 

गायक दुर्गेश थापाले विवादित गीत फेरि युट्युवमा अपलोड गरेका छन् ।

गीतले सामाजिक र सांस्कृतिक मर्यादा उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।  प्रहरीमा उजुरी परेपछि दुर्गेशलाई प्रहरीले मंगलबार नियन्त्रणमा गरेको थियो । त्यसपछि दुर्गेशले माफी माग्दै उक्त गीत युट्युवबाट हटाएका थिए ।

गीतमा राज्यद्वारा प्रतिवन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित प्रोत्साहान गर्ने शब्द अन्जानमा प्रयोग भएको भन्दै माफी मागेका थिए ।

त्यस्तै दिपावलीको अवसरमा मदिरा सेवन गर्न खुलेआम आह्वान गरेको भन्ने आम सरोकारवालाको चासो चिन्तालाई आफूले ममन गरेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत भिडियो प्रकाशन प्रशारण नगर्ने दुर्गेशले बताएका थिए ।

तर, युट्युवबाट हटाएको केही घण्टामै दुर्गेशले उक्त गीत अपलोड गरेका छन् । पछि अपलोड गरिएको गीतमा विवादित शब्दलाई म्युट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...