दुर्गेशले फेरि अपलोड गरे विवादित गीत, के गरे नयाँ परिवर्तन ?



हाम्रो इकोनोमि

 

गायक दुर्गेश थापाले विवादित गीत फेरि युट्युवमा अपलोड गरेका छन् ।

गीतले सामाजिक र सांस्कृतिक मर्यादा उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।  प्रहरीमा उजुरी परेपछि दुर्गेशलाई प्रहरीले मंगलबार नियन्त्रणमा गरेको थियो । त्यसपछि दुर्गेशले माफी माग्दै उक्त गीत युट्युवबाट हटाएका थिए ।

गीतमा राज्यद्वारा प्रतिवन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित प्रोत्साहान गर्ने शब्द अन्जानमा प्रयोग भएको भन्दै माफी मागेका थिए ।

त्यस्तै दिपावलीको अवसरमा मदिरा सेवन गर्न खुलेआम आह्वान गरेको भन्ने आम सरोकारवालाको चासो चिन्तालाई आफूले ममन गरेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत भिडियो प्रकाशन प्रशारण नगर्ने दुर्गेशले बताएका थिए ।

तर, युट्युवबाट हटाएको केही घण्टामै दुर्गेशले उक्त गीत अपलोड गरेका छन् । पछि अपलोड गरिएको गीतमा विवादित शब्दलाई म्युट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...