मन्त्री महासेठ भ्रष्ट्राचार कसुरमा छिटै जेल जाने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने बताएका छन् ।

धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको चिन्ता व्यक्त गर्दै यस्तो बताएका हुन् ।

‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठूलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो’, झाले भने, ‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’

अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाले गरेका छन् । झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए। एस काठमाण्डौबाट

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...