मन्त्री महासेठ भ्रष्ट्राचार कसुरमा छिटै जेल जाने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने बताएका छन् ।

धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको चिन्ता व्यक्त गर्दै यस्तो बताएका हुन् ।

‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठूलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो’, झाले भने, ‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’

अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाले गरेका छन् । झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए। एस काठमाण्डौबाट

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...