विप्लवका नेता लोहनी चितवनमा आफनै घरबाट पक्राउ



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता गुणराज लोहनी पक्राउ परेका छन् ।

लोहनीलाई चितनव प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । विप्लवका छोरा प्रकाश चन्दको डेराबाट लोहनी पक्राउ गरेको चिवतन प्रहरीले जनाएको छ ।

सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरी लगेको लोहनीकी श्रीमती सरला रेग्मीले जानकारी दिइन् ।

उनी पक्राउ परेको विषयमा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पनि स्वीकार गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

लोहोनीलाई सोमबार मात्रै विप्लव नेतृत्वको पार्टी नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको थियो ।

लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

सरकारले गएको फागुन महिनामा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तिब्र पारेको छ ।

दसैंपछि मात्रै दुई दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...