रात परेपछि रक्सीमा डुब्ने र पार्टीभित्र अनैतिक काम गर्ने को को हुन् चिन्नुपर्योः माधव नेपाल



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी्भित्र पसेर कम्युनिस्ट पार्टीलाई नै समाप्त पार्ने ‘धमिरो प्रवृत्ति’ बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

पार्टी कामको सिलसिलामा वीरगञ्ज पुगेका नेता नेपालले त्यहाँको स्थानीय एफएमसँग आइतबार कुराकानी गर्दै नेतृत्वको ध्यानाकर्षण गरे ।

‘रात परेपछि रक्सीमा चुर्लुम्म डुब्ने र अनैतिक काम गर्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो ! कम्युनिस्ट पार्टी्भित्र पसेर भित्रभित्रै छुरा रोप्ने, कम्युनिस्ट आचरणमा नरहने, बिनापैसा काम नगर्ने, पैसाको वरिपरि घुम्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो’, उनले भनेका छन् ।

उनले कम्युनिस्ट पार्टी्भित्रै सङ्गठित भएकाले पार्टीलाई सिध्याउन लागिपरेको बताउँदै नेतृत्वले आँखा र कान खोल्नुपर्ने र तलका नेता कार्यकर्ताले भनेका कुरा सुन्नुपर्ने धारणा राखेका छन् ।

‘आफ्नो दायित्व पूरा नगर्ने को–को हुन् ? पार्टीका इमान्दार नेता पन्छाएर सानो कोटरीका लागि काम गर्ने को–को हुन् ? क्रान्तिकारी, कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामा हुनुपर्ने गुण के–के हुन् ? कोसँग छ, कोसँग छैन ? कसले वर्गीय दृष्टिकोणमा आधारित भएर काम गर्छ, कसले गर्दैन, सबैको मूल्याङ्कन हुनुपर्छ । राम्रो कुरालाई प्रोत्साहित गर्नुपर्छ । नराम्रो कुरालाई निरूत्साहित गर्नुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ, नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ, तबमात्र फोहोर फालिन्छ । पार्टी सफा भएर बग्छ,’ उनले विचार राखेका छन् ।

कम्युनिस्ट पार्टीका नाममा कलङ्क त छैनन् ? भन्दै नेता नेपालले प्रश्न पनि गरे ।

‘समाजमा होस् या पार्टीमा सबैखालका विकृति विसङ्गति आचरणसँग जोडिएका हुन्छन् । पैसासँग जोडिएका हुन्छन् । यी सबै अनुचित कुराहरूलाई हामीले त्याग्नुपर्छ । हामीले मान्छेलाई सत्चरित्रताको दिशामा अघि बढ्न उत्प्रेरित गर्नुपर्छ । यो त्यतिबेला सम्भव छ, हामी आफैँ सत्चरित्रवान् हुन्छौं । इमान्दार हुन्छौं । मिहिनेती, कर्तव्यपरायण हुन्छौं । हामीले व्यवहारबाट राम्रो आचरण देखाउन सकेनौं भने अरूलाई भन्ने कुराको अर्थ रहँदैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...