जम्मू–कश्मीरमा दुई पक्षबीच गोलाबारी हुँदा १४ जनाको ज्यान गयो



हाम्रो इकोनोमि

 

भारतले विशेष दर्जाको हैसियत खोसेपछि जम्मु कश्मीरमा तनाब सुरु भएको छ । भारतले पाकिस्तानले आइतबार बिहानै संघर्ष विरामको उल्लंघन गर्दै जम्मु कश्मिर क्षेत्रमा भारतीय सेनामाथि गोली चलाएको आरोप लगाएको छ । अर्को तर्फ पाकिस्तानले पनि भारतीय सेनाले सर्वसाधारणलाई केन्द्रमा राखेर आक्रमण गरेको बताएको छ । भारतीय सेनाले केही पाकिस्तानी क्याम्पहरुलाई पनि निशाना बनाएको थियो ।

यसको जवाफमा भएको दोहोरो भिडन्तमा ९ जना भारतीय सैनिक मारिएका छन् । सर्वसाधारण सहित ५ जना सहीद भएको पाकिस्तानी सेना प्रवत्ता आसिफ गफुरले जानकारी दिएका छन् । उनले भारतीय सेनाका केही क्याम्पहरु पनि ध्वस्त पारेको जानकारी दिएका छन् । दुई देशका मिडिया र सेनाले फरकफरक दावा गरिरहेका छन् । घाइतेहरुको संख्या एकिन भएको छैन । पाकिस्तानी सेनाले आफ्ना साथिहरुको शव लैजान भन्दै भारतलाई अनुरोध गरेको छ ।

भारत र पाकिस्तानबीच यो क्षेत्रमा गोली नचलाउने बारम्बार सम्झौता भएका छन् । तर, भारतले यो वर्षमात्र पाकिस्तानले २०५० भन्दा धेरै पटक यो सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार पछिल्ला घटनामा २१ नागरिकको मृत्यु भएको छ । सन् २००३ मा नै यी दुई देशबीच उक्त क्षेत्रमा गोलीबारी नगर्ने सम्झौता भएको थियो । यसरी हेर्दा दुई देशका कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...