फरार शिल्पा पोखरेल टार्दैछिन् सर्वाेच्चकाे आदेश, बहस हुनै सकेन



हाम्रो इकोनोमि

 

चलचित्र निर्माता छबि ओझासँग सौता गएपछि बहुविवाहको मुद्दा खेपिरहेकी नायिका सिल्पा पोखरेलले पक्राउ नगर्न सर्वोच्चमा दिएको उत्प्रेषण परमादेश मागसहितको निवेदनमाथि सर्वोच्च अदालतमा अझै बहस हुन सकेको छैन ।

बहसका लागि आज आइतबारको लागि इजलास नं. ६ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्तमा बेञ्चमा चढाइएपनि स्थगित भएको छ ।

शिल्पालाई भदौ १५ गते छलफल गर्न सर्वोच्च आउन भदौ २ मा प्रधानन्यायाधीशय चोलेन्द्र शमसेरको एकल इजलासले आदेश दिएपनि अहिलेसम्म सिल्पा गएकी छैनन् । फरार नै छिन् । प्रहरीले पक्राउ गर्न सकेको छैन ।

स्रोतका अनुसार पक्राउ पर्न नसकेको जवाफसहित प्रहरीबाट जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझाइसकिएको छ । खोजी कार्य भने जारी नै राखिएको बताइएको छ । श्रीमान् ओझसँग सौताको रुपमा शिल्पाले बहुविवाह गरेको भन्दै जेठी श्रीमती हेमा ओझाले प्रहरीमा छबि र शिल्पाविरुद्ध दिएको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतले गत साउन ८ गते दुवै जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

त्यसलगत्तै प्रहरीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी पक्राउ गर्न व्यापक कोशिस गरेकोमा हालसम्म दुवै जना पक्राउ पर्न सकेका छैनन् ।
पक्राउ नगर्न अर्थात काठमाडौं जिल्ला अदालतको साउन ८ को आदेश खारेज गर्नुपर्ने माग सहित छबि र शिल्पा उच्च अदालत पनि पुगे र उनीहरुको निवेदन खारेज भएको थियो । त्यसपछि उनीहरु साउन २९ मा पक्राउविरुद्ध उत्प्रेषण परमादेश माग सहित निवेदनसाथ  सर्वोच्च पुगेका थिए । तर सर्वोच्चको आदेश अनुसार दुवैजना छलफलका लागि उपस्थित भएनन् । त्यसपछि भदौ २२ को लागि बहस मिति तोकिएको थियो । त्यसबेला पनि स्थगित भयाे । बहस पटकपटक स्थगित हुँदै आएकोमा अाज पनि स्थगित भएकाे सूचना सर्वाेच्च अदालतले दिएकाे छ ।

फरार रहेका विपक्षी छबि र शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाई र मनोज यादवले मुद्दा पैरवी गरिरहेका छन् भने पक्ष हेमा ओझाको तर्फबाट अधिवक्ता स्वागत नेपालले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...