नेकपाका सांसद पार्वत गुरुङ अदालतमा



हाम्रो इकोनोमि

 

स्थानीय तहको निर्वाचनमा तत्कालिन अवस्थामा कांग्रेससँग लहसिएको नेकपा माओवादी केन्द्र र तत्कालिन एमालेका कार्यकर्ताहरुबीच भएको राजनीतिक विवादलाई अहिले उछालिदा दोलखाका सांसद एवं नेकपाका नेता पार्वत गुरुङलाई विवादमा तान्ने प्रयास भएको छ । उनलाई काठमाडौ जिल्ला अदालतले बयानका लागि बोलाएपछि आज( आईतवार) अदालतमा हाजिर भएका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङलाई गत भदौमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी काटेपछि उपस्थित भएका हुन् । गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा सो घटनामा संलग्न नभएका गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। जुन कार्य अहिले विवादित बनेको छ । त्यतिबेलै मिलेको भनिएको यो घटना प्रहरी प्रशासनको लापरवाहीका कारण यो स्थितिमा पुगेको बताईन्छ ।
अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो। तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ।

सांसद गुरुङलाई दोलखाकै विश्वध्वज खड्काले दिएको जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो। सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...