जिग्री-पाँडेविरुद्ध प्रहरीमा उजुरी, आजै पक्राउ गर्ने संकेत



हाम्रो इकोनोमि

 

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले  बताए । उनले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ ।’

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।

उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’

उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए । ‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।

पुरानो टिमले छोडेपछि भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ । सक्किगोनिका निर्देशक समेत रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए । ‘ती सबै क्यारेक्टर हाम्रा सिर्जना हुन्, त्यसमा मिडिया हबले दावी गर्नै मिल्दैन,’ उनले भने, ‘हामीले मिडिया हबसित गरेको सम्झौतामा पनि यो कुरा प्रष्ट उल्लेख छ ।’

त्यसो त मिडिया हबले बनाएका टेलिश्रृंखलामा स्थापित भएका थुप्रै कलाकारहरुले अहिले त्यहाँबाट निस्केर पनि त्यही क्यारेक्टरलाई निरन्तरता दिइरहेका छन् । मिडिया हबको मेरीबास्सैबाट स्थापित भएका सितारामक कट्टेलले धुर्मुसको रुपमा, केदार घिमिरेले माग्ने बुढाको रुपमा, विल्सनविक्रम राईले तक्मे बुढाका रुपमा अहिले पनि रंगमञ्चमा प्रस्तुति दिँदै आएका छन् । उनीहरुमाथि भने मिडिया हबले आपत्ति जनाएको छैन ।

यस विषयमा प्रश्न गर्दा धिताल भन्छन्, ‘कोमाथि उजुरी गर्ने कोमाथि नगर्ने भन्ने हाम्रो विषय हो । धुर्मुस, माग्नेबुढाहरुले गरेको क्यारेक्टरले हामीलाई गरेका छैन । त्यसैले उजुरी गरेनौं । सक्किगोनीका क्यारेक्टरले भने हाम्रो भद्रगोललाई असर गरेको छ ।’ उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...