भुटानी राजा जिग्मे भन्छन् : नेपालमा जन्मेकोले आफ्नो घर जस्तो लाग्छ



हाम्रो इकोनोमि

 

भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले नेपाल र नेपाली जनतासँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको खुलासा गरेका छन् । बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका राजदूत आचार्यसँग राजा जिग्मेले यस्तो खुलासा गरेका हुुन् । यसको मुख्य कारण भनेको उनको जन्म नेपालमा हुनु हो ।

तत्कालिन रानी छिरङ योङ दोनले हलेसी महादेवको मन्दिरमा पुजा गरी पुत्रप्राप्तिको कामना गरेअनुसार गर्भरहेपछि नेपालकै प्रसूति गृहमा रानीको इच्छाअनुसार सन् १९८० मा राजा जिग्मेको तात्कालिन युवराजका रुपमा जन्म भएको थियो । नेपालको प्रशुती गृहमा त्यति बेला पनि धेरै राम्रो प्रशुती सेवा थियो ।

त्यसबेलाका राजा वीरेन्द्रले भुटानी राजपरिवारलाई निकै सहयोग गरेका थिए । यसले दुई देशको आपसी सद्भाव निकै गहिरो बनाएको थियो । यो सम्बन्ध र सद्भाव केवल राजपरिवारमा मात्र सिमित नरहेर जनस्तरमै पनि गाढा बनेको थियो ।

राजा जिग्मेले राजदूत आचार्यले चढाएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश आफैले वाचन गरेर सुनाएका थिए । प्रत्युत्तरमा भुटानी राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिएका थिए । राजाले राजदूत आचार्यको कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...