ओलीबाट धोका भयो: प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन्।

पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका हुन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो। पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित छ भन्ने खबर नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्व एमाले समूह पनि असन्तुष्ट देखिन्छ। आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनिरहेको छ। दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए। नेपाल र गौतमबीच धोकाको राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो।

नागरिकका अनुसार एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए। त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ। दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...