राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी जापान प्रस्थान



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट सीधैं जापान प्रस्थान गरेकी छन् । राजकीय भ्रमणका लागि म्यान्मार गएकी भण्डारी निर्धारित कार्यक्रमअनुसार त्यहाँबाट आइतबार बिहान जापानतर्फ लागेकी हुन् । म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आइतबार राति जापान पुग्ने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने कार्यक्रम छ । भ्रमणको दौरानमा उनले भेटघाट तथा अवलोकनसमेत गर्ने बताइएकाे छ । भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गते म्यानमार गएकी थिइन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीसँगै म्यान्मार पुगेकी उनले त्यहाँका राष्ट्रपति मिन्तलगायतसँग भेटवार्ता गरेकी थिइन् । भ्रमणको दौरानमा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...